हिपमत डटकम

आइतबार, भाद्र १३, २०७८ || 646  पटक पढिएको

नाटकीय तरिकाले मुख्यमन्त्री भएका भीम आचार्यलाई धेरै दिनसम्म सत्तामा टिक्न नदिन कांग्रेस, माओवादी केन्द्र, एमाले समाजवादी र जसपाको गठबन्धन लागिपरेको छ । यसका लागि विभिन्न ठाउँमा कोठे बैठक जारी छन् ।

आचार्यले एमाले अध्यक्ष केपी ओलीको आदेश अवज्ञा गर्दै तुलसी न्यौपानेलाई मन्त्री नबनाएको र आफुखुसी २ जनालाई सरकारमा ल्याएपछि एमाले भित्रै पनि असन्तोष सुरु भएको छ ।

सूत्रका अनुसार एमाले भित्रको केपी ओली पक्ष आचार्यको गतिविधिबाट सशंकित देखिएको छ । आचार्यले बहुमत पु¥याउने दावी गरेपछि ओलीले शेरधन राईलाई ‘ब्याक’ गरे पनि राजेन्द्र राईको नेतृत्वमा कम्तिमा १० सांसद अहिले पनि एमाले समाजवादीमा खुलेरै लागेका छन् र, आचार्यले उनीहरूलाई मन्त्री बनाउने भन्दै फकाइरहेका छन् ।

गठबन्धनको अवस्था हेर्दा आचार्य नेतृत्वको सरकारले विश्वासको मत पाउन सक्ने देखिएको छैन । विपक्षी गठबन्धनले कुनै पनि हालतमा आचार्य नेतृत्वको सरकारलाई अल्पमतमा पार्ने र गठबन्धन मध्ये कांग्रेस वा एमाले समाजवादीमध्ये एकले सरकारको नेतृत्व गर्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!