हिपमत डटकम

आइतबार, भाद्र १३, २०७८ || 992  पटक पढिएको

धानको बिडार उखेल्न हरुवा चरुवाका जहानहरु थिए । म पनि एक हल गोरु लिदैं अलिक ढिलै पुगेको थिएँ, खेततिर । मेरा बा गरिब किसान थिए । म पढेको छोरो ।

डिग्री पढेको छोरो, यसो असारको यो झरीमा मैंले पनि हलो जोत्नै पर्ने । जागिर खाने भनौं न टाउकामा लेखेकै थिएन् रहेछ । पढेर पनि हलो समाएकै थिएँ । मुखिया बाले सातसय ज्यालामा एकहल गोरु भाडामा लिएका थिए । एक रोजको लागि लिएका थिए । त्यो सातसय मैंले पनि बचत गर्नु थियो । भोलि मेरोमा पनि अरू किसानको हल गोरु भाडामा लिएर खेत जोताउँनु पर्ने हुन्थ्यो । यसरी हामी किसान एक अर्काकोमा सहयोगी भै खेतीपाती सपार्न उद्दत हुन्थ्यौं ।

जब म हल गोरू लिएर हिडें खेततिर । असारे झरीले जिस्काइरहेको थियो । रुवाको भुवां जस्तो बादलहरू विभिन्न आकृतिमा रमाइरहेका थिए । बडो आनन्दको महसूस थियो खेतमा । एकातिर बकुल्लाको उडान । अर्कातिर, आलीको डिलमा चरा चुरुङ्गीको बथान ।

एकैछिनमा असारे झरी बेस्सरी दर्कियो दररररर । घुम थियो । मैंले घुम ओढेको थिएँ । खेतमा सबैले ओढेका थिए । धानको बियाड उखेल्दै गर्ने ती हरुवा चरुवाको जहानहरू पनि घुम ओढेर काममा मस्त थिए । त्यस खेतमा मान्छे नै देखिएनन् । देखिए त घुमभित्रभित्रै मान्छे ।

म हलो जोत्न थालेँ । अझ गड्याङ गुडुङसहितको बर्षातले निकै रौनकता दिएको थियों । यस दिन हामी किसानमात्र नभएर बादल पनि दिवाना भएर रमायो । उसले खिच्चिक्कै फोटो खिच्यों । हामी सबैको फोटो खिच्यो । चोट भने कसैलाई दिएन । तर चट्टयाङको आवाजले गोरू तर्सियो । हलो हड्कियो । गोरु थचक्कै हिलोमा बस्यो ।

एकछिनपछि रमाएको बादलु पनि पर पर सर्दै गए । मौसम सुधार हुँदै आयो । मुखिया बा खेत चाहार्न आए, उनी पनि रमाए । चारैतिर खेतमा हरियाली नै देखे । मनमनै भने–यसपालि त उब्जा निकै बढ्ने भो ।

ऋषि तिवारी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!