हिपमत डटकम

आइतबार, भाद्र १३, २०७८ || 635  पटक पढिएको

धार्मिक व्यक्तित्व बाबुराजा ओझाले विराटनगर–३ बाट कांग्रेसको क्रियाशिल सदस्यता पाएका छन् । संविधानसभाको निर्वाचनमा आश्चर्यजनक तरिकाले ओझाले पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

त्यो बेला उनी मोरङ कांग्रेसको सचिव थिए । माओवादी केन्द्र प्रवेश गरेपछि ओझा सांसदका उम्मेदवार बने तर, उनी धेरै मतान्तरले पराजित भए । कांग्रेस परित्याग गरेर माओवादी केन्द्र प्रवेश गरेपछि त्यहाँ उनी सक्रिय हुन सकेनन् र, कांग्रेससितै उनको बाक्लो सम्वन्ध बढ्यो ।

ओझाले कांग्रेस क्रियाशिल पाउन धेरै नै मेहनत गर्नुप¥यो । ओझाले कांग्रेस नछाडेको भए उनलाई विराटनगरको मेयर, नेका मोरङको सभापतिका रूपमा पनि हेरिएको थियो ।

त्यो बेला कांग्रेस त्याग गर्दा कांग्रेसका नेताहरू अमृत अर्याल, दिलीप सापकोटालगायत धेरैले अप्रिय निर्णय नगर्न सुझाएका थिए । ओझाले सधै एउटै व्यक्तिलाई मात्र उम्मेदवार बनाउने भनेर केन्द्रीय सदस्य महेश आचार्य लक्षित असन्तोष पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!