बीरेन्द्रकुमार साह

शनिबार, भाद्र १२, २०७८ || 2035  पटक पढिएको

नेपाली काँग्रेसको १४ औें महाधिवेशनमा नेपालि काँग्रेस मोरङ क्षेत्र न -२ को क्षेत्रिय सभापतिमा सुमन कुँवरले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आज रंगेली नगरपालिकाको क्रियाशीलहरुको भेलामा उम्मेदवारी घोषणा गरेको सुमन कुँवरले हिपमत डटकमलाई आधिकारिक जानकारी समेत दिएका छन्।

मेरो उम्मेदवारी व्यक्तिगत स्वार्थको लागि नभएर पार्टी हितको लागि हुनेछ । पार्टी भित्र रहेका विकृति विसंगति हटाई मुल्य मान्यता र आदर्शको राजनीति स्थापित गर्न मैले उम्मेदवारी दिने हो । उम्मेदवारी मात्र दिने होइन सबैको साथ सहयोगका साथ चुनाव जित्ने पनि कुँवरको बिश्वाश छ।

पार्टीभित्रका नेताहरुमा आधारित गुट भन्दा पृथक पहिचानसहित नेपाली कांग्रेसलाई मूल्य, मान्यता, आदर्श र निष्ठाको राजनीतिक बहाक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्यसहित आफुले सभापतिको पदमा उमेदवारी दिएको कुँवरले बताए।

नेपालि काँग्रेसको ८ औें महाधिवेशनमा तत्कालिन नेपालि काँग्रेस बबियाबिर्ता गाउँ बिकास समितिको सभापति बनेका उनि ९,१० ,११ , औें महाधिवेशनमा क्रमस नेपालि काँग्रेस मोरङ जिल्ला सदस्यको रुपमा काम गरिसकेका छन्। १२ औें महाधिवेशनमा महासमिति सदस्यमा निर्वाचित भएका कुँवर १३ महाधिवेशनमा तत्कालिन मोरङ क्षेत्र न -४ को क्षेत्रिय सभापतिको रुपमा समेत निर्वाचित भएर काम गरिसकेका छन्।

पार्टीमा लामो अनुभव बटुलेका कारण उनलाई गत प्रदेश सभाको निर्वाचनमा मोरङ क्षेत्र न -२( ख )प्रदेशबाट प्रदेश सभा सदस्यको रुपमा पार्टीले उम्मेवार समेत बनाएको थियो उनि झिनो मतान्तरले पराजित भएका थिए। म हारे पनि म सधै जनताको दुख सुखमा साथ नै रहेको छु र हरपल रहने छु।

मलाई पूर्ण विश्वास छ । कि म माथी सबैको विश्वास छ । नयाँ पुराना सबै पुस्ताले म माथी विश्वास गर्नु हुन्छ । नेपाली काँग्रेसका कार्यकर्तालाई काम र सम्मान चाहिएको छ । जुन अहिले छैन । नेता तथा कार्यकर्ता बीचको दुरी बढ्नुको कारण पनि त्यहीं हो । पार्टी कार्यकर्ताको सही पहिचान, कामको मुल्यांकन र व्यवस्थापनलाई सही ढंगले समन्वय गर्न सक्यो भने पार्टी पुनः मजबुतिका साथ अगाडी बढ्ने छ र यसको लागि सबैले मलाई सहयोग र समर्थन गर्नु हुन्छ भन्नेमा म पूर्ण विश्वस्त रहेको छु ।

मोरङ क्षेत्र न -२ का सम्पूर्ण क्रियाशील साथीहरुलाई म अनुरोध गर्न चाहन्छु कि नेपाली काँग्रेसको १४ औें महाधिवेशनमा नेपालि काँग्रेस मोरङ क्षेत्र न -२ को क्षेत्रिय सभापतिमा मलाई सहयोग गर्नुस। सबैलाई मिलाएर पार्टीलाई मजबुत बनाउने छु कुँवरले भने।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!