हिपमत डटकम

शुक्रबार, भाद्र ११, २०७८ || 796  पटक पढिएको

विराटनगर । नेकपा एमाले माधव समूहले समानान्तर ढंगले निर्माण गरेको विराटनगर महानगर कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।

माधव नेपाल पक्षले पारुल क्षेत्रीको अध्यक्षतामा विराटनगर महानगर कमिटी गठन गरेको थियो । बुधबार बसेको बैठकले १७५ सदस्यीय सिंगो कमिटी एकीकृत समाजवादीमा रुपान्तरित हुने सर्वसम्मत निर्णय गरेको क्षेत्रीले बताए ।

उक्त कमिटीको बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य घनेन्द्र बस्नेतले नेपाली कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादको भासमा डुब्नबाट बचाएर क्रान्तिकारी धार दिई नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने उद्देश्यले गरिएको यस विद्रोहबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को निर्माण गरिएको बताए ।

कम्युनिष्ट आन्दोलन एवं पञ्चायती व्यवस्थाको विरोधमा आफू १५ वर्ष जेल परेको र क्रान्तिको लागि जेल ब्रेक गर्ने कार्य गरेको तर आफूहरू सँगै जेल परेको केपी ओली दरवारियासँग साँठगाँठ गरेको उनले बताए ।

‘पार्टी र बाम आन्दोलनलाई दक्षिणपन्थी अवसरवादीहरूबाट मात्रै होइन मध्यपन्थी अवसरवादीबाट समेत गरिएका जालझेल, षडयन्त्र, हमला र अपहरणका प्रयाससमेत सबैलाई परास्त गर्दै विद्रोह सफल भएको छ,’ उनले भने, ‘विद्रोहमा साथ समर्थन दिनुहुन सम्पूर्ण पार्टी नेता, कार्यकर्ता,
समर्थक, शुभचिन्तक र सहयोगीहरू अनुरोध गर्दछु ।’

 

कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य महेश रेग्मीले जनताले दिएको अभूतपूर्व दुइ तिहाई मतको सम्मान गर्न नसकेको र कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने कोसिस भएपछि बाध्य भएर विद्रोह गरेको बताए । उनले नेकपा एमालेको पुनर्गठन गरी नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गरेको बताए ।

बैठकमा एकीकृत समाजवादीका प्रदेश कमिटीका सदस्यहरु वीरेन्द्र यादव, मणि दाहाल, जिल्ला कमिटीका अध्यक्ष्य चन्द्रवीर राई, उपाध्यक्ष  डा. उद्धवपोखरेललगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!