हिपमत डटकम

शुक्रबार, भाद्र ११, २०७८ || 989  पटक पढिएको

हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परेका छन् ।

बिहिबार साँझ ७ बजे उनी स्कुटी दुर्घटनामा परेका हुन् । काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिपरीत दिसाबाट आएको ट्रकलाई साइट दिने क्रममा स्कुटी चिप्लिएर दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा अनुहार, हात र खुट्टामा चोट लागेको उनका साथी नवराज थापाले बताए । ‘खबपु बिहीबार रातिनै सामान्य उपचारपछि घर फर्किएका छन्’ थापाले भने ‘अहिले उनको अवस्था सामान्य रहेको छ ।’

खबपु दुर्घटना परेको ठाउँको बाटो सागुरो भएकोले पनि सो घटना घट्को थापाको भनाइ छ । उनको स्कुटी पनि सामान्य क्षति भएको छ ।

नेपालको पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन १ मा उत्कृष्ट तीन भित्र पर्न सफल उनी पछिल्लो समय फिल्म, सिरियल तथा कमेडी कार्यक्रममा निकै ब्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!