खबर ठुलो छ

भ्यालेनटाइन डेको दिन नेपाली फिल्मका ‘लभ बर्डस्’ प्रियंका कार्की र आयुष्मान देशराज जोशीले विवाहको मिति सार्वजनिक गर्दैछन् । उनीहरु यही फागुनमा विवाह गर्दैछन् । उनीहरु यही वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । तर, विदेशमा रहेका परिवारका सदस्यहरुको समय नमिलेपछि विवाह सरेको थियो । असारमा विवाह नभएपछि प्रियंकाले यस वर्ष बिहे नहुने बताउँदै आएकी थिइन् । गएको महिना आफ्ना केही निकट साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेपछि भने प्रियंकाले यसै वर्षको फागुनमा विवाह गर्न लागेको चर्चा चलेको थियो ।

हालै हुनेवाला श्रीमान् आयुष्मानसँग यूरोप टुर भ्याएर स्वदेश फर्किएकी प्रियंकाले विवाहपछि पनि आफू नेपाली फिल्ममा सक्रिय रहने बताएकी छन् । अहिले आफू विवाहको तयारीमा लागेको उनको भनाई छ । बुधवार आफू अभिनीत फिल्म ‘लक्का जवान’ को ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक कार्यक्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै प्रियंकाले भनिन्, ‘हालै म र आयुष मिलेर काठमाडौंमा घर किनेका छौं । घर सेटअपले कति टाइम लिँदो रैछ भन्ने मैले बल्ल थाहा पाएँ । त्यसैले अहिले मामुहरु मसँगै हर बखत सँगै हुनुहुन्छ । घर सेटअप एक्लैले त गर्न नसक्ने चिज रहेछ ।’

केही दिनयता आफू घर सेटअप र विवाहको तयारीमा व्यस्त रहेको उनले बताइन् । विवाहको तयारीकै लागि ‘लक्का जवान’ पछि आफूले कुनै चलचित्र साइन नगरेको पनि अभिनेत्री प्रियंकाको भनाई छ । उनले अगाडि भनिन्, ‘अहिले मैले कुनै चलचित्र साइन गरेको छैन । विवाह अगाडिसम्म म कुनै प्रोजेक्टमा आबद्ध हुन्नँ । तर, चैतको पहिलो हप्ताबाटै म फेरि काममै फर्किन्छु ।’

बिहिबार, फाल्गुण ०१, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया