उल्टो खोपडीलाई रामराम मात्र भनौं

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

शुक्रबार, भाद्र ११, २०७८ || 970  पटक पढिएको

हरेक कुरामा नकारात्मक सोच राख्ने एक समूह चलायमान छ । तपाईं कुनै पनि असल काम गर्नुहोस् उनीहरूको कमेण्ट नेगेटिभ हुन्छ । उदाहरणका लागि फजुल खर्च नगर्नुहोस् भन्दा पनि किन नगर्ने ? भन्ने प्रश्न गरिन्छ । यस्तालाई उल्टो खोपडीको मनुवा भनेर तपाईंले वास्तै नगर्नु बेस हुन्छ ।

कुनै व्यक्ति वा संस्थाले सचेतनाका लागि मास्क वितरण गरिरहेको छ । यो त राम्रो कुरा हो नि ! तर, उल्टो खोपडीले के सोच्छ भने–कहाँ कसले फोकटमा दिएको थियो र त बाड्यो । मास्क लगाउन पनि सिकाउनु पर्छ र ?

तपाईं महामारीका बेला भोजन गराउनुहोस्, खाद्यान्न वितरण गर्नुहोस् उल्टो खोपडीले भन्नेछ–एक ठाउँबाट लुटेर अर्को ठाउँमा वितरण गर्दैछ । समाजमा यस्ता नकारात्मक सोचका धेरै व्यक्ति छन् । उनीहरू आफै पनि केही गर्दैनन् र, गर्नेहरूलाई पनि देखिसहन्नन् । गर्नेको आलोचना गर्नु उनीहरूको रोग नै हो । तर, काम गर्नेले उनीहरूको कुरा पटक्कै सुन्नु हुन्न ।

उल्टो खोपडीलाई तपाईंले जति नै सम्झाउन खोज्नु भयो भने पनि लाग्दैन । सुल्टो सुम्झाउनुहोस् उल्टो सुन्छन् । असल कुरा भन्नुहोस् गलत सुन्छन् । सूर्य पूर्वबाट उदाउँछ भन्नुहोस् उनीहरू किमार्थ होइन भनेर तर्क गर्छन् । यस्ता उल्टो बुद्धि भएकाहरू नासाका बैज्ञानिकका अगाडि पनि फेल खान्छन् । उनीहरूमा सुधार आउने सम्भावना पटक्कै रहन्न । उनीहरू जे गर्छन् वास्तै नगर्नुहोस् टण्टै साफ !

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!