बिहिबार, फाल्गुण ०१, २०७६ || 844  पटक पढिएको

डेढ दशक सम्म फिल्म क्षेत्रमा एकछत्र राज गरेकी नायिका रेखा थापा फिल्म निर्माणमा पनि सक्रीय छिन् । रेखाले निर्माण गरेको फिल्म नारीप्रधान हुन्छन । उनी सामाजिक कथामा फिल्म निर्माण गर्छिन । सामाजिक कथामा फिल्म निर्माण गर्न बलिउड भन्दा उनि अगाडी देखिन्छन् । एसिड काण्डको रुद्रप्रीया होस या महिला शशक्तिकरणको हिम्मतवाली, रामप्यारी, काली, मालिका, उनी निकै अगाडि छिन् । रेखाले निर्माण गरेको फिल्म मालिका अघिल्लो बर्ष प्रदर्शनमा आएको थियो । मालिकाले बालविवाह र दाइजो प्रथाको कथालाई प्रस्तुत गरेको थियो ।

नयाँ हीरो मेकरको रुपमा परिचित रेखाले मालिकामा टिभि समेत नदेखेकी कमला ओलिलाई ल्याएकी थिईन । यस्तो साहस कमै फिल्म मेकरले मात्र गर्छन । उनी अभिनित फिल्म होस या उनी निर्मित चलचित्र किन नहुन, अधिकाम्स फिल्मले बक्स अफिसमा तहल्का मच्चाए । उसो त नेपाली फिल्ममा नायिकाहरुको स्टारडम निकै कमजोर हुन्छ । नायिकाहरु चर्चामा आएपनि फिल्मलाई बक्स अफिसमा चम्काउनमा उनीहरुको हात भने निकै कम देखिन्छ । तर रेखामा भने आफू एक्लैले फिल्म चलाउने क्षमता छ ।

फिल्ममा नायक सरह प्रस्तुत हुने रेखाले नयाँ फिल्मको निर्माण गर्ने घोषणा गरेकी छिन् । तर, उनले निर्माण गर्न लागेको फिल्मको नाम भने जुरिसकेको छैन । कथा र पटकथा भने लगभग तयार भईसकेको छ । सबिर श्रेष्ठले निर्देशन गर्ने फिल्मको लागि दुई अभिनेता पनि फाइनल भईसकेका छन् । रेखाले यसपाली आफ्नो फिल्ममा दुई चल्तिका अभिनेताहरुलाई साइन गराएकि छिन् । ३ दर्जन बढी फिल्ममा अभिनय गरिसकेका अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लले रेखाको फिल्ममा अभिनय गर्न तयार भएका छन् ।

बूढो देखि बच्चा सम्मले चिन्ने नायिका र युवापुस्तामा निकै नै रुचाएका दुई अभिनेतालाई एउटै पर्दामा हेर्नू दर्शकका लागि पनि ठूलो खुसिको कुरा हो । रेखा फिल्म्स्को व्यानरमा निर्माण हुने फिल्म चाडै फ्लोरमा जाने जानकारी छ । यो रेखा फिल्म्सको छैटौ फिल्म हो । फिल्मको क्यारेक्टर छनोट हेर्दा यसपाली रेखाले दर्शकलाई थुप्रै सरप्राइज दिने अनुमान लाउन सकिन्छ । अर्को बर्षको लक्ष्मी पुजामा प्रदर्शन हुने फिल्मको पटकथा जगदिश्वर थापाले लेखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!