हिपमत डटकम

शुक्रबार, भाद्र ११, २०७८ || 368  पटक पढिएको

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भएको आरोप लगाएका छन्। नवौं महाधिवेशनबाट अध्यक्ष बनेपछि ओली स्वेच्छाचारी बन्दै गएर अन्ततः दक्षिणपन्थी बनेको उनको भनाइ थियो। उनले तत्काल ओली र एमालेसँग कुनै पनि प्रकारको सहकार्य हुन नसक्ने स्पष्ट पारे। उनले एमाले नेताकार्यकर्तालाई विद्रोह गरेर ओलीको दबाबबाट मुक्त हुन आग्रहसमेत गरे ।

‘ओलीको दक्षिणपन्थी गतिविधिकै कारण हामी नयाँ पार्टी खोल्न बाध्य भयौं। हामी त्यस्ता दक्षिणपन्थीसँग कुनै सहकार्य गर्नेछैनौं। हामी विचार मिल्ने शक्तिहरूसँग सहकार्य गर्न सक्छौं,’ अध्यक्ष नेपालले भने। एमालेमा अध्यक्ष बनेपछि ओलीले पार्टीमा मनपरी गरेको आरोप लगाउँदै नेपालले सरकारको नेतृत्वमा आएपछि पनि त्यही व्यवहार देखाएपछि उनलाई हटाउने अभियान चलाइएको बताए। ‘ओलीलाई जसरी पनि हटाउनुपर्ने भएपछि त्यसको जिम्मेवारी म आफैँले लिएको थिएँ,’ नेपालले भने।

सरकारमा ओलीको मनपरी चलेपछि आफूले नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपेन्द्र यादव, बाबुराम भट्टराई र कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा गरेको उनले दाबी गरे। ‘उहाँहरूसँगको छलफलपछि ओली हटाउने जिम्मेवारी मलाई नै आएको थियो, त्यसको नेतृत्व पनि मैले नै गरेको थिएँ,’ नेपालले भने।

नेपालले एकीकृत समाजवादीका कोही शत्रु नहुने बताए। ‘हाम्रा कोही शत्रु हुनेछैनन्, सबै मित्र हुनेछन्,’ हाम्रो आन्तरिक मामिलामा कसैले हस्तक्षेप नगरून्। हाम्रो संवेदनशीलतालाई सबैले बुझिदिऊन् भन्ने अपेक्षा छ,’ उनले भने। उनले माओवादीसहितका शक्तिसँग सहकार्य हुने पनि बताए। ‘माओवादी केन्द्रलगायत कम्युनिस्ट दलहरूसँग सहकार्य हुनेछ। बाबुरामजीहरूदेखि अन्य शक्तिसँग पनि हामी सहकार्य गर्दै अघि बढ्नेछौं,’ उनले भने ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!