बिहिबार, फाल्गुण ०१, २०७६ || 881  पटक पढिएको

भेट्रान्स स्ट्राइकर जुमानु राईले ह्याट्रिक गरेपछि विभागीय टोली नेपाल पुलिस क्लबले शहिद स्मारक ‘ए’ डिभिन लिग फुटबलमा फ्रेन्ड्स क्लबमाथि सहज जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको लिगको आफ्नो अन्तिम खेलमा पुलिसले फ्रेन्ड्सलाई ३–० गोलले हरायो ।

पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे । पहिलो हाफमा गाल रहित बराबरीमा रोकिएको पुलिसले सबै गोल दोस्रो हाफमा गरेको थियो । ४९औं मिनेटमा हेमन्त श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका जुमानुले लगत्तै गोल गरेका थिए । उनले ५६औं र ८५औं मिनेटमा गोल गर्दै पुलिसको जित सहज बनाए । जुमानु म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पनि पाए ।

जितसँगै पुलिस तालिकाको पाँचौं स्थानमा छ । पुलिसले १३ खेलबाट २० अंक बनाएको छ । १४ अंक बनाएको प्mेन्ड्स १०औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!