बिहिबार, फाल्गुण ०१, २०७६ || 930  पटक पढिएको

फ्रेन्च महारथि पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पीएसजीले डिजोनलाई उसैको मैदानमा ६–१ गोलले हरायो । पीएसजीको जितमा पाब्लो सरावियाले दुई, केलियन एमबाप्पे र थियगो सिल्भाले एक एक गोल गरे । पीएसजीले दुई गोल डिजोनबाट उपहार पाएको थियो । डिजोनका लागि मुनिर चोउएरले सान्तवना गोल गरे ।

पीएसजीले खेल सुरु भएको पहिलो मिनेटमै वेस्ली लोउटोओको आत्मघाती गोलबाट अग्रता लिएको थियो । त्यसपछि १३औं मिनेटमा डिजोनका मुनिर चोउएरले बराबरी गोल गरे । ४४औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई पुनः अगाडी बढाए ।

दोस्रो हाफमा शसक्त प्रदर्शन गरेको पीएसजीले चार गोल थपेको थियो । ५०औं मिनेटमा कप्तान थियगो सिल्भाले पाब्लो सरावियाको पासमा उत्कृष्ट गोल गरे । पाब्लो सरावियाले ५५औं मिनेटमा गोल गरे । ८६औं मिनेटमा डिजोनका सिनोउ कोउलीबलीको प्रहार आत्मघाती गोल भएको थियो । ९०औं मिनेटमा सरावियाले ब्यक्तिगत दोस्रो गोल थप्दै पीएसजीलाई सजिलै जिताए ।

यसैगरी लियोनले मार्सेलीलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनायो । लियोनको जितमा होउसिम ओउरले ८१औं मिनेटमा निर्णायक गोल गरेका थिए । अर्को खेलमा रेनिसले एएसएम बेलफोर्टलाई ३–०गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!