हिपमत डटकम

बिहिबार, भाद्र १०, २०७८ || 701  पटक पढिएको

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौ वटा कम्पनीले आवेदन दिएका छन् ।

सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीले सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौ वटा अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दर्ता गराएको जानकारी दिए ।

सुरुङमार्ग निर्माण गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपियाँको बजेट सुनिश्चित भइसकेको छ । सुरुङमार्गका लागि चालू आर्थिक वर्षमा ६० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

सरकारले गत तीन आर्थिक वर्षदेखि बजेट विनियोजन गर्दै आए पनि यो सुरुङमार्ग निर्माण कार्य अगाडि बढ्न नसक्दा बजेट ‘फ्रिज’ हुँदै आएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!