हिपमत डटकम

बुधबार, भाद्र ०९, २०७८ || 926  पटक पढिएको

सोसल मिडिया, अनलाइन साइटहरूमा दीपाश्री निरौलाको जन्म दिनबारे व्यापक शुभकामना आदान–प्रदान भयो ।
समाचार पनि प्रसस्तै पोष्ट भए । दीपकराज गिरीले ३० बर्षअघिको प्रशङ्ग झिकेर कविता नै लेखे–

३० बर्षअघि
भेट विस्तारै सहकार्यमा परिवर्तन भयो
रामविलास धनियाँ ५ बर्ष
तितो सत्य १२ बर्ष
चलचित्रमा १० बर्ष गर्दै
आज हामी यहाँ आइपुगेको छौं ।
इश्वरसँग धेरै गुनासो गरेका थियौ
सफलता मागेका थियौं…

तर, कसैले यो जानकारी पोष्ट गरेन दीपाश्री आखिर कति बर्षकी भइन ?
विराटनगर सरस्वती टोल निवासी चर्चित हाँस्यकलाकार दीपाश्रीको उमेर ४६ पुगेको छ । ‘हो, म ४६ बर्ष पुगे’ उनले भनिन । दीपाको जन्म दिनका दिन विगतमा पनि धेरै नै चर्चा भयो । किनभने उनी अहिलेसम्म अविवाहित छिन् । विवाहको कुरा गर्दा उनको जवाफ हुन्छ, ‘मन परेको केटा नै फेला पारेको छैन तर, विहे भने गर्छु ।’

न्यू सृष्टि दैनिकले विराटनगर आउँदा उनलाई बरोबर सोध्ने गरेको छ–विहे कहिले गर्ने ?
‘यसपटक चैं गर्ने हो’ उनको तयारी जवाफ हुन्छ, ‘सोचे, खोजे जस्तो केटा नै फेला पारेको छैन ।’

३० बर्षअघि दीपाश्री विराटनगरमा स्कुल पढ्दै कलाकारितातर्फ अघि बढिन । स्कुलमा हुने नृत्य, विराटनगरका विभिन्न कार्यक्रम, यहाँबाट बन्ने टेलिफिल्म, नाटकहरूमा अभिनय गरिन । टेलिभिजनमा झुम्मिने त्यो समयमा दीपाश्रीले ‘अग्नीपथ’, रेवतियामाने रफिकन जस्ता सिरियलमा काम गरिन । विराटनगर छाडेर उनी जब काठमाडौं गइन त्यहाँ उनको संघर्ष सुरू भयो ।

काठमाडौंमा उनले राजेश हमालसित चर्चित गीतमा नृत्य गरेको देखियो–गोली सिसाको मेरो माया किन रिसाको ?
दीपकराज गिरीसँग ‘रामबिलास र धनियाँ’ कार्यक्रमले दुबैलाई चर्चित मात्र बनाएन कलाकारको सान्दार जोडी नै बनायो । दीपाले यसपछि ‘तितो सत्य’ नामक हाँस्य सिरियलमा काम गरिन् र, दर्शकको अपार माया पाइन । नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक कमाई गर्ने ३ चलचित्र ‘छक्का पन्जा, छक्का पन्जा २ र छक्का पन्जा ३’ को निर्देशक पनि दीपाश्री नै हुन् ।

‘दीपा विराटनगरकी गौरव हुन’ गायक सुमित खड्काले भने, ‘यी गौरव र मेरी मितिनी बैनी दीपालाई मैले हरेक पटक भेट्दा विहेको कुरा गर्छु, उनी मुसुक्क मुस्कुराएर टार्छिन ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!