हिपमत डटकम

बुधबार, भाद्र ०९, २०७८ || 607  पटक पढिएको

बाबाकी छुनुमुने छोरी म
अबठूली हुँदै जाँदै छुम
ममा नौलो परिवर्तन आइसकेछ
सानी नानी म त कति चाँडै महिनावारी भएँछु ।

बाबा पहिलो गुरु मेरो
सफासुग्घर भै विद्यालय जान सिकाउने
उमेरको परिवर्तन भनी बुझाउँदै मलाई
बिचलित हुनबाट बचाउने ।

अपरिपक्व म अब के गरू गरू
मेरी प्यारी आमाले स्याबास दिँदै भन्नुभयो
तिमीपनि आमा बन्न सक्ने भयौ अब त
मेरी छोरीठुली भै भनी निकै खुसी हुनुभो ।

मेरो लुगामा रातो रगतको दाग देखेर मेरी हजुरआमाले
मलाई सुम्सुम्याउँदैछ उरगोठमा सुत्नु पर्दैन भन्नुभो
मेरो परिवारले मलाई सहयोग गरेको देखेर,
मेरी छिमेकी काकीपनि छक्क पर्नुभो ।

म पूर्ण नारी हुन सफल भएँ रे
आफूलाई बगैंचाका फूलसँग दाँज्न थाले
अब म आँगनमा छमछम नाँच्न सक्छु रे
आफ्नै घरको धुरी पनि हेर्नु हुन्छ रे
आज मन फुरुङ्गछ किन भने ,
म महिनावारी भएकीछु ।

सरिता भट्टराई नेपाल

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!