रुसमा एक प्य्राङ्कस्टरलाई कोरोनाभाइरसलाई लिएर गरेको प्य्राङ्क महङ्गो साबित भएको छ । युवकमाथि सार्वजनिक स्थानमा मानिसलाई दुःख दिएको र भयभित बनाएको आरोपमा पाँच वर्षको जेल तथा पाँच लाख रुबल(रुसी मुद्रा) जरिवानाको सजाय दिइएको छ ।

युवकले रेलमा गरेको प्य्राङ्क अहिले भाइरल भएको छ । युवकको भिडियो पहिलो पटक २ फेब्रुअरीमा प्य्राङ्क साइटमा आएको थियो । तथापि, अहिले साइटबाट उक्त भिडियो हटाइएको छ ।

भिडियो कहिले फिल्माङ्कन भएको हो भन्ने स्पष्ट छैन । प्रहरीले युवकलााई सोमबार पक्राउ ग¥यो र भिडियो छायाँकन गर्न सघाउने उसको साथीको खोजी भइरहेको छ ।

प्य्राङ्क भिडियोमा युवक मानिसको भिड रहेको मेट्रो रेलभित्र अचानक लडेको देखिन्छ । युवकलाई उठाउने प्रयास गर्दा उ अचानक कामेको जस्तो गर्छ र मानिस आत्तिएर भाग्छन् ।

युवकका वकिलले भने उनले मानिसलाई डराउनभन्दा पनि सावधान गराउन चाहेको बताए ।

रुसमा हालसम्म दुई जना व्यक्तिमा कोरोनाभाइरस देखिएको छ । साइबेरियामा भने १४४ व्यक्तिलाई संक्रमणको आशंकामा निगरानी क्याम्पमा राखिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!