हिपमत डटकम

बुधबार, भाद्र ०९, २०७८ || 441  पटक पढिएको

नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरालाई सो पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको छ ।

सभामुखबाट पदमुक्त भएपछि पार्टीमा प्रभावकारी भूमिका नपाएका उनलाई माओवादीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताको जिम्मेवारी दिएको हो ।

यसअघि प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका नारायणकाजी श्रेष्ठलाई भने पार्टीको प्रवास समितिको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्माले पाएका छन् । शर्मा यसअघि कर्णाली प्रदेशको इन्चार्ज रहेका थिए ।
यस्तै राजकीय मामला तथा सुशासन विभाग प्रमुखमा रेखा शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै प्राध्यापक सम्बद्ध संगठनहरुको ईञ्चार्जमा नारायण शर्मा, केन्द्रीय कार्यालयको ईञ्चार्जमा वर्षमान पुनलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!