शनिबार, मंसिर १४, २०७६ || 3649  पटक पढिएको

भीमराज अधिकारी

पथरी,
गोरखा डिपार्टमेन्ट स्टोरले लगातार चरम रुपमा लापर्वाही गर्ने गरेको पाइएको छ । पछिल्लो समय डिपार्टमेन्टको पथरी शाखामा ग्राहकलाई फोहोर पानी खुवाउने गरेको पाइएको छ ।
समय समयमा विवादमा आउने गरेको गोर्खाले अझैपनि लगातार लापर्वाही गर्ने गरेको पाइएको हो । स्टोरले ग्राहकले पिउनका लागि राखेको जारको पानीमा लेउ नै लेउ भेटिएको छ । आम ग्रहकको पहुँचमा राखिएको जारमा आफैँले दैनिक रुपमा पानी भर्ने र राख्ने गरेको स्टोरको पथरी शाखाका प्रमुख नर बहादुर बुढाथोकीले बताए । उनले भने ‘हामीले पथरी खानेपानीको ट्याङ्कीबाट पानी ल्याउने र आफ्नो फिल्टरमा समेर राखेर स्वच्छ बनाउने गरेका छौँ । सुद्ध बनाइसकेर पानी पाइपको माध्यमबाट वितरण हुन्छ । वितरित पाइपबाट नै हामीले जारमा भरेर ग्राहकका लागि राख्ने गरेका छौँ । हाम्रा कर्मचारीले समयमा सरसफाइ नगरेका कारण लेउ लागेको हो । हामी तत्काल यो जार सफाइ गर्ने र परिवर्तन गर्ने छौँ ।’ यसो त बुढाथोकीले आफ्नै कर्मचारीको गल्ती भएको र त्यसलाई सच्याउने पनि स्वीकारेका छन् ।

पानी पिउनका लागि पुग्ने ग्राहकले जार देखेर छक्क पर्ने गरेका छन् । तिब्र गुनासो बढेपछि हामीले रिपोटिङ गर्न पुग्दा जार वर्षौँ देखि सरसफाइ नगरेको जस्तो देखिएको थियो । पानीमा लेउ लाग्नु त स्वभाविक नै हो तर यसरी ग्राहकको स्वास्थ्यको समेत ख्याल नगरी लामो समय सम्म पनि सरसफाइ नगरिनुले गोरखाले मानव स्वास्थ्यमा चरम लापर्वाही रहेको पाइएको छ । यसअघि पनि कहिले खानामा साङ्लो भेटिने त कहिले किरै परेको विस्कुट भेटिने जस्ता कयौँ लापर्वाही गोरखाले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!