बिहिबार, फाल्गुण ०१, २०७६ || 516  पटक पढिएको

नेपाल–भारत सीमा समस्या समाधानको पहल यति बेला पर्ख र हेरको स्थितिमा पुगेको छ । लिम्पियाधुरासम्मको कालापानी, लिपुलेकसहितको भूभाग नेपालको हो भन्ने दाबीसहितको पत्र नेपाल सरकारले भारतलाई पठाइसकेको छ । भारतले पनि समस्या उठेका स्थानमा वार्ता र संवादको माध्यमबाट समाधान गर्न स्वीकार गर्दै एक पटक जवाफ दिएको छ । वार्तामा बस्न तयार भारतकै कारण नयाँ वार्ताको मिति भने तय हुन सकेको छैन । भारतले कहिले अर्को जवाफ पठाउला र वार्ताको मिति तय होला भनेर नेपाल पर्ख र हेरको अवस्थामा छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने वार्ताका माध्यमबाट सीमा समस्या समाधान हुने विश्वास गर्नुपर्छ । “नेपाल भारतबीच निश्चय नै यसबीचमा सीमा समस्या बल्झिएको छ”, बुधबार गोरखापत्रसँगको विशेष कुराकानीका क्रममा उनले भने, “तर यो आज उत्पन्न समस्या हैन । हिजोको इतिहासले हामीलाई बोकाइदिएको एउटा विरासत हो । ” यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!