हिपमत डटकम

बिहिबार, भाद्र ०३, २०७८ || 1486  पटक पढिएको

हेल्लो हेल्लो बुबा मलाई मोबाइल पठाइदिनु । बुबा विदेशमा भएकाहरूको छोराछोरीले माग्ने पहिलो र अन्तिम चिज यही नै हो मोबाइल । विदेश जाने जो कोही पनि महिनाको पहिलो सेलेरीबाट किन्ने पहिलो सामान पनि मोबाइल नै हो । अहिलेको आधुनिक समयमा बालक देखि बुढासम्म सबैको आकर्षक र चासोको विषय नै यही मोबालइ हो ।

यही मोबाइल कसैका लागि रहर त कसैका लागि कर बनेको छ । अहिले घर(घरबाट परिवारका कुनै एक वा दुई सदस्य विदेशमा छन्,विदेशबाट फर्केका छन् त विदेश जाने तर्खरमा छन् । गरीबिले जिर्ण बनेको जीवनलाई उकास्ने भरपर्दो माध्यम विदेश बनेको छ । हाम्रो तिर विदेश भनेर चिन्ने देशहरू मलेसिया,दुबई,साउदी,कतार नै हुन् । देशको अवस्था, रोजगारीका अवसर नमिल्नु साथै शैक्षिक बेरोजगारी दिनानुदिन बढ्दै जानाले पनि शिक्षित अशिक्षित सबै जना एक चोटी विदेश पुगेर नै आउन चहान्छन् ।

मानिस भित्रको इच्छा र असन्तुष्टि नै विश्वमा हुने विकास र परिवर्तनको कारक हुन् । फेरी दुःखको कारण पनि यही इच्छा र असन्तुष्टि नै हुन् । विदेशसँगै अनेकौ सपना र चहानाहरू सँगालेर बसेका हुन्छन् जो कोहि पनि । कठिन परिश्रम गरेर भएपनि बस्नलाई घर,चढ्नलाई बाइक र केही बैँक बेलेन्सको सपना प्रायः साझा सपना नै हो । जमिनसँग नाता जोड्नेले खेतिपातीका लागि जमिन किन्ने पनि गर्छन् । अहिले जमिनको मूल्य आकासिएको छ यसको एक मात्र कारण हो विदेशी कमाई । जग्गा किन्न कि त मालपोतमा जागिरे हुनुपर्छ कि त खाडीमा हुनु पर्छ । खेतिकिसानी र स्कूल पढाउनेले जग्गा जोड्न मुस्किल नै हुन्छ ।

विदेशी कमाइबाट सबैका परिवारले त नगर्ला तर प्रायःका परिवारले गर्ने चलन हो फेसन । छोरी,छोरा र स्वास्नीको फेसन,बोलाइ र खुवाइ सरकारी जागिरेलाई नि उछिन्छ । यो तीतो सत्य हो । तर कतै साकारात्मक कुरा तरीकाबाट पनि विकृति बढेको देखिन्छ त्यो हो विदेशीका छोराछोरीहरू बोर्डिङ्ग स्कूलमा पढ्ने होडबाजी ।

कुनै बेला त म यस विषयमा सोच्न बाध्य हुन्छु कि पहिले त बोर्डिङ्गमा पढाउने चलन त थिएन यो परम्परा कहाँबाट कसरी आरम्भ भयो भन्ने कुरा अनुसन्धान कै विषय हो। प्रारम्भिक शोधखोजबाट के थाहा पाइन्छ कि सरकारी विद्यालयको खस्किदो गुणस्तर र लापर्वाहीले नै निजी विद्यालय तर्फ मोह बढेको हो तर तथ्याङ्कहरूको विश्लेषण गर्दै जाँदा विदेशी कमाइको रापले गर्दा इच्छा र आवश्यकताहरू उम्लेका हुन् र निःशुल्कलाई ज्ञानलाई त्यागेर शिक्षालाई पैसाले किन्न थालेका हुन् । किन भने धेरै जसो अभिभावकका बुझाई छन् पैसा तिरेपछि मेरो बच्चा जान्ने हुन्छन् । कठैबरा १ अब कसले बुझाउँछन्

विदेश जाने बित्तिकै भाग्य फेरिदैँन । विदेश त भाग्य चिठ्ठा हो । सबै जनालाई विदेश थाप्दैन । थाप्नेले जोगाउन सक्दैन । विदेश कै चक्करमा कति कति परिवार बर्बाद भइसकेका छन् ऋणमाथि ऋण थुपारेका छन् ।

अनि अर्को कुरा विदेशबाट कमाएर फर्केकाहरूलाई यहाँको कमाइले पुग्दैन । विदेशको कमाइ र बसाइ नशा जस्तै हुन् जुन एक पटक लत लागेपछि सितिमिति छुट्दैन । केही विदेशी फिरुवाहरू बेकारी घरमा बस्छन् तर सानो तिनो काम गर्दैन । अरे उनीहरूलाई पोसाउँदैन रे । खै अरुलाई त पोसाए कै छ । कुरा ठूलो सपनामा अडेको छ । विदेशी कमाइबाट ह्वात्तै उन्नति हुने सपना बोकेका आँखाहरू स्वदेशी कमाइलाई तुक्ष ठान्छन् । यही सपना पुरा गर्ने चक्करमा केही देहहरू बाकसमा सजिन पुग्छन् । त्यो बाकससँगै सारा सपनाहरू अस्ताउँछन् । कहिल्यै नउदाउने गरी अस्ताउँछन्।

प्रजापति दास
सुनवर्षी-,खिखिरडाँगी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!