हिपमत डटकम

बिहिबार, भाद्र ०३, २०७८ || 689  पटक पढिएको

बासुदेव न्यौपाने

म कस्तो कार्यकर्ता म कस्तो मतदाता……. ।
राजनीतिलाई आफ्नो जागिर र जमिनदारी सम्झिने
विधिविधान नियमकानुन सबै मिच्नेलाई म बिकासप्रेमी नेता मान्दछु ।
शक्ति पृथकीकरणको सिद्धान्तलाई लात हान्ने र
भ्रष्टाचारीहरुलाई संरक्षण गर्ने नेतालाई म इमान्दार राजनेता ठान्दछु ।।
बहालवाला मन्त्री हुँदा सरकारी संयन्त्र प्रयोग गरेर
सुन तस्करी गर्नेलाई प्रधानमन्त्री भएको हेर्न चाहन्छु ।

आमनिर्वाचनमा पराजित अति महत्वकांक्षी ढुलमुले नेतालाई
संविधान मिचेर प्रधानमन्त्री बनाउन चाहन्छु ।।
म कस्तो कार्यकर्ता म कस्तो मतदाता………..।
सांसदहरुको खरिदबिक्री गरी लोकतान्त्रिक पद्धतिको
धज्जी उडाउनेलाई पार्टीको सभापति बनाउन चाहन्छु ।
बोलेको नबुझिने गएको निर्वाचनमा लज्जास्पद पराजय
हात पार्ने नेतालाई पुनः प्रधानमन्त्री भएको हेर्न चाहन्छु ।।
म कस्तो कार्यकर्ता म कस्तो मतदाता………..।

जनयुद्धको नाममा निर्दोष नवयुवक युवतीहरुलाई
जबरजस्ती हत्यार बोकाउनेलाई म महान नेता भन्न चाहन्छु ।
परिवार र नातेदार सबैलाई लाभको पदमा आसिन गराइ
विलासिताको जिन्दगी जिउनेलाई बलिदानी नेता मान्दछु ।।
म कस्तो कार्यकर्ता म कस्तो मतदाता……….।

संविधान घोषणा भएको भोलिपल्ट राजिनामा गरी देशमा
गृहयुद्ध भड्काउने नियतका नेतालाई म विद्वान भन्दछु ।
छोरीलाई विदेशमा उच्चशिक्षा दिने, गरिबका छोराछोरीको दिमागमा
हत्याको जुनुन भर्ने नेतालाई म सम्मान गर्न चाहन्छु ।।
म कस्तो कार्यकर्ता म कस्तो मतदाता……………।

नागरिकको बाच्ने अधिकारलाई बेवास्ता गर्दै पद र लााभ प्राप्तिको लागि
सधै रडाको मच्चाउनेलाई म आदर्शवादी मान्दछु ।
गुट उपगुटमा रमाएर आफ्नो भागबण्डा र हैसियत खोज्ने
डाँडापारिका घामजस्तो नेतालाई उषाको लाली जस्तै ठान्दछु ।।
म कस्तो कार्यकर्ता म कस्तो मतदाता…………।
म कस्तो शिक्षित म कस्तो विद्वान ६० वर्षको अवकाशपछि पनि
पार्टीको झोले कार्यकर्ता र डामिएको साँढे बन्न चाहन्छु !
थाकेर अब आराम गर्ने बेलामा पनि कतै
लाभको पद मिल्छ कि भनेर निर्लज्ज म नेताको चाकडी गर्न चाहन्छु !!
म कस्तो कार्यकर्ता म कस्तो मतदाता…………..।

संसद छलेर प्रतिनिधिसभा भंग गरेर अध्यादेशे शासक बनी
अर्काको पार्टी फोड्न खोज्ने छट्टुलाई लोकतान्त्रिक नेता भन्दछु ।
बाँरदको हातमा नरिवल बनाइ सत्ता र शक्तिको दुरूपयोग गर्ने
बार्दली पुगेका नेताकै बाटोमा हिंड्न खोज्नेलाई नेता भन्न गर्व गर्दछु ।।
म कस्तो कार्यकर्ता म कस्तो मतदाता ……………।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!