सखारैदेखि साँझ ६ बजेसम्म सामाजिक जीवन चलायमान छ । गाडी गुडेकै छन्, मनुवा हिडेकै छन् । सरकारी र गैरसरकारी सबै कामकाज चलिरहेका छन् ।
केही निश्चित क्षेत्र स्कुल, कलेज, सेनेमा हल बन्द छन् होइन भने सबै खुल्ला हुन्छन् । ६ बजेदेखि कोरोना भाइरस आउँछ भन्ठानेर हो कि क्या हो पुलिस साइरन बजाउँदै पसल र व्यवसाय बन्द गराउँदै हिड्छ । होइन यसो गर्दा पुलिसलाई मज्जा आउँछ कि कसो ?
पसलेहरू हाँस्दै कोरोना आयो, कोरोना आयो (पुलिस आयो भन्दैनन्) सटर, व्यवसाय बन्द गरेको हाँस्यास्पद दृश्य देखिन्छ । कतिपय चल्ने समयका व्यवसाय त चौपट नै भएका छन् । आँखा छल्ने व्यवसायी मालामाल नै छन् ।
अरू बेला कोरोना भाइरस घाँस चर्न कोसी टप्पुको मैदानतिर गएको हुन्छ ? वा हनिमून मनाउन कुनै रमणीय थलो पुगेको हुन्छ ?
अब सबै क्षेत्र खुल्ला छन् ।
भीडभाड बढेको छ भने स्कुल, कलेज र सेनेमा हललाई पनि साँझ ६ बजेसम्मको अधिकार त दिनुप¥यो नि ! होटलमा अगाडिको गेट बन्द गरेर भित्र जे गर्दा पनि हुन्छ तर, स्कुले कलेजका विद्यार्थी पढन नपाउने ? उनीहरूले परीक्षा दिंदा भाइरस सर्ने ? यो तर्कमा दम भएन है । यो ताल ठिक भएन है ।