दाङमा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । कपुरकोट ३ चोरखोलामा भिरबाट खस्दा १ जनाको को मृत्यु र ६ जना घाइते भएका छन्। घाइते मध्ये ४ को अवस्था गम्भीर छ। घाईतेलाई उद्धार गरि उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ। गाडी दुर्घटना भएपछि भिर तथा जंगलभरि हातहतियार र बम छरपस्ट छन्। गाडी करिब ५ सय मिटर तल खसेको छ। गाडीमा हतियार र बम भएकोले उद्दारमा जोखिम भएको छ। गाडी पुरै टुक्राटुक्रा भएको छ। सेनाद्धारा संकलन कार्य जारि छ। दुर्घटनाको कारण थाहा हुन सकेको छैन् । मृतकको सनाखत हुन बाँकी छ।