गायिका मेलिना मैनाली र गायक आरके खत्रीको युगल गायनमा समावेश ‘सपनीमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अनिल कुँवरले बिट निर्माण गरेको प्रेमिल शैलीको यस गीतमा पारस मास्टरपेनको र्‍याप समेत समावेश छ।

म्युजिक भिडियोमा गायक कमल खत्रीको ‘आत्मामा’ बोलको म्युजिक भिडियोबाट चर्चामा आएका मोडल विश्व शर्मा र ड्रिम गर्ल चलचित्र बाट डेब्यु गरेकी नायिका एवम मोडल आश्मा गिरी फिचर्ड छन्।

अनिल के मानन्धरले छायांकन गरेको यस भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन्। बिभोर पोखरेलको निर्देशनमा भिडियो तयार पारिएको हो।

मोडल शर्माको आधिकारिक च्यानल ‘विश्व शर्मा’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। हाल अमेरिकामा रहेका मोडल शर्माले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!