हिपमत डटकम

बुधबार, साउन २७, २०७८ || 650  पटक पढिएको

राई इज किंग को उपाधि प्राप्त गायक राजेशपायल राई र गायिका सुनिता थेगिमको ‘माया हजुर २’ गीत सार्वजनिक भएको छ ।

 

चौबन्दी चोलीले,गुडी जाने रेल,दिक्तेल बजार,झुम्के माया,माया हजुर,सोल्टिनी ज्यु,चरी भए भुरुरु जान्थेँ उडेर,दिक्तेल बजार – २,माथी है प¥यो,माली गाइको दहि मीठो ,नौ लाई सुन्ना नब्बे लगायतका गीतहरुमा आफनो संगीत भरिसकेका पछिल्लो समयमा पूर्वेली लोक संगीतका बादशाह डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज रहेको यस गीतमा पूर्वेली कला र संस्कृतिबारे वर्णन गरिएको छ ।

 

गीतमा राजेशपायल र सुनिताको अभिनय रहेको छ । डा सुमाया राईको शब्द रहेको यो गीतमा डीआर अटुको संगीत रहेको छ । राजु कार्कीले एरेन्ज गरेको यस गीतलाई आसिक जगेवूले छायाङ्कन गरेका छन् । गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । मौलिक सस्कृति जर्गेना गर्न पनी माया हजुर गीतले थप टेवा पुयाउनेमा आफु आशावादी रहेको संगीतकार डि आर अटुले बताए ।

फरक किसिमबाट गीतमा मौलिक पनको आभाष दिने प्रयास गीतमा रहेको गायक राजेश पायलले बताए । आम दर्शकको भावना अनुरुप नै अडियो तथा भिडियो निमार्ण गरिएको निमार्ण पक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!