बुधबार, माघ २९, २०७६ || 1161  पटक पढिएको

खुकुरीले घाँटी काटेको, घरेलु हतियारले शरीर टुक्रा–टुक्रा पारेको, घाँटी थिचेर मारेका बर्बरतापूर्ण हत्याका घट्नाहरु बाहिर आउने गर्दछ।सिरहामा भने एक काखे बालिकाको त्यो भन्दा पनि ‘क्रुरतापूर्वक’ हत्या गरिएको छ।

बोरामा बाँधी, पानीमा डुबाएर बालिकाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको बरियारपट्टी गाउँपालिकामा १५ महिनाकी एक बालिकालाई बोरामा बाँधी पानीमा डुबाएर ज्यान लिइएको प्रहरीले जनाएको छ ।

बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ बरियारपट्टी निवासी देवेन्द्र यादवका १५ महिने छोरी आशिकी यादवको शव बोराभित्र बाँधिएको अवस्थामा मंगलबार घरदेखि पाँच सय मिटरको दूरीमा रहेको पोखरीमा फेला परेको छ ।

१५ महिने बालिकालाई बोरामा हालेर पोखरीमा फ्याँकेको र उनलाई बाँधिएको बोराको माथि इँटा राखिएको अर्काे बोरा थुपारिएको पाइएको छ । ‘बालिकालाई राखिएको बोरा पानीमा डुब्दैन भनेर इँटा राखेको अर्काे बोरा राखेको पाइयो’ प्रहरीले भनेको छ, “बालिकाको शव मंगलबार दिउँसो फेला परेको छ ।”

बालिका आशिकी सोमबार आफ्नै घर अगाडिबाट वेपत्ता भएकी थिइन् । ‘सोमबार दिउँसो ४ बजेतिर आफ्नी छोरी वेपत्ता भइन्’ उनका पिता देबेन्द्र यादवले भने, “हामीले व्याप्क खोजतलाश गर्दा पोखरीमै बोरामा बाँधिएको अवस्थामा उनको शव फेला परेको छ ।”

आँगनमै खेलिरहेका बालिका एक्कासी वेपत्ता भएपछि रातभर बालिकाको खोजी गरिएको थियो । बालिका फेला पर्न नसकेपछि सोमबार राति नै प्रहरीलाई पनि खबर गरिएको थियो ।

प्रहरी र आफन्त सवैमिलेर खोजतलास गरेपछि पोखरीमा बोरामा पोको पारी फालिएको अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी एवं प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।

उनलाई मारेर पोखरीमा फालेको हो भन्ने अहिले नखुलेको उनले बताए । बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा लगिएको बताउँदै प्रबक्ता घिमिरेले पोष्टमार्टमको रिपोर्टपछि थप कुरा खुल्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!