हिपमत डटकम

आइतबार, साउन २४, २०७८ || 753  पटक पढिएको

तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूमाथि अध्यक्षमाथि मुक्का प्रहार भएको छ । आइतबार दिउसो गाउँपालिकाबाट भुक्तानी गर्न बाँकी रहेका रकम निकासी गर्न आग्रह गर्दा लेखापाल सुजन थापाले अध्यक्षमाथि मुक्का प्रहार भएको हो ।

आठराई गाउँपालिकाका कार्यालयका एक उच्च अधिकारीले नाम नखुलाउने सर्तमा कार्यलयमै हानाहान परेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अध्यक्ष र लेखापाल थापाबीच भनाभन हुँदैगर्दा हात हालाहाल भएको हो । भनाभन गर्दै गर्दा लेखापालको नजिकै पुग्नु भएको बेला अध्यक्षमाथि मुक्का प्रहार भयो । तर अर्का कर्मचारीले छेकेकोले उहाँलाई लागेन।’

कोरोना सक्रमण सँगै स्वास्थ्य समस्यामा रहनु भएको अध्यक्ष लामो समयपछि पछिल्लो समय कार्यालयमा एकसाता अघिबाट मात्रै उपस्थित हुनु भएको बुझिएको छ ।

उपस्थित हुँदा गत वर्षका १५८ शिर्षकका रकम समेत निकासा नभएको अवस्थामा खाता रोकीएको अवस्थामा रहेको बुझिएको छ । उक्त शिर्षक योजनाका लागि सम्पूर्ण प्रकृया पुगेपनि लेखा साखामा आएर रोकीएको एक अधिकारीले बताउनु भयो ।

स्रोत -न्युज २४

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!