हिपमत डटकम

आइतबार, साउन २४, २०७८ || 706  पटक पढिएको

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएको छ ।

आइतबार विहान साढे ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम दिएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

कार्यदलका संयोजक समेत रहेका उनले भने, ‘हामीले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन हेर्नुभयो । नेताहरुले फाइनल गर्नुभयो ।’

अब आज दिउँसो ४ बजे सिंहदरबार सार्वजनिक गर्न लागिएको खड्काले बताए ।

उनले भने, ‘आजको बैठक सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदनलाई फाइनल गर्ने कुरामा केन्द्रित थियो । नेताहरुले हेरेपछि फाइनल भएको छ । ‘

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपछि मन्त्रिमण्डल विस्तारबारे छलफल सुरु हुने उनको भनाइ छ । आज भोलि नै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । news source :-Ratopati

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!