साउन महिनामा चारै तिर हरियाली हुन्छ र शिव भक्त भोलेनाथलाई खुशी बनाउन केही उपाय छन् । शिवको प्रिय सामाग्री घरमा ल्याउदा शुभ दिन हुन्छ ।

त्रिशुलः त्रिशुल शिवको हातमा सधै हुन्छ यो देव र लोकको प्रतिक हो । साउनमा त्रीशुल खरिद गर्दा वर्ष भरी रक्षा हुन्छ ।

रुद्राक्षः सुख र सौभाग्य र समृद्धिको लागि मनको पवित्रताको असली रुद्राक्षलाई घरमा राख्दा तपाइँहरुको जीवनमा अत्यन्त शुभ र समृद्धि बढ्नेछ ।

डमरुः डमरु शिवको पवित्र बाद्य हो । यसको पवित्र ध्वनीबाट आसपासका समस्त नकरात्मक शक्ति हट्छ ।

चाँदीको नन्दीः नन्दी शिवको गण पनि हो वाहन पनि । साउन महिनामा नन्दी खरिद गरेर घरमा राख्नाले आर्थिक संकटबाट मुक्ति दिन्छ ।

जल पत्रः जल शिवको अत्यन्त प्रीय हो । साउन महिनामा गंगा जल घरमा ल्याएर पुजा गर्दा धेरै राम्रो हुन्छ । यदि गंगको जल ल्याउन असम्भव भएमा पीपलको पातमा शुद्ध जल भरेर दिनहु शिवलाई अर्पित गर्दा धन प्राप्ती हुन्छ ।

सर्पः भगवान शिवको गलामा सर्पराज हरेक समय रहन्छन् । साउन महिनामा नाग–नागिन जोडीएको चाँदीको पत्ता घरमा राखेमा पिर्त दोषबाट राहत मिल्छ ।

चाँदीको डब्बाः कुनै शिवको मन्दिरमा चाँदीको डब्बा राखेर डब्बा भित्र मह राख्दा राम्रो हुन्छ ।

चाँदीको वालाः भगवान शिवको खुट्टाको वाला धारण गर्दा तिर्थ यात्रा र विदेश यात्रामा शुभ योग मानिन्छ ।

चाँदीको चन्द्रमा वा मोतीः भगवान शिवको निधारमा चन्द्रमा सधै हुन्छ । साउन महिनामा चाँदीको चन्द्देव ल्याएर पुजा गर्दा चन्द्र ग्रह शान्ती हुन्छ र मन पनि बलियो हुन्छ ।

चाँदीको बिल्व पत्रः साउन महिनामा शिवलाई बिल्व पत्र अर्पित गर्दा हामीले गरेका सबै पाप नाश भई घरको शुभ कार्यको संयोग बन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!