विराटनगर–७ हस्पिटल चौकस्थित गोल्डन अस्पतालको एकमाथि अर्को लापरवाही सार्वजनिक भएको छ ।
पिलोको शल्यक्रियामा चिकित्सकको लापरवाहीका कारण सोमबार कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्युपछि आफन्तजनले आक्रोशित भइ अस्पताल तोडफोड गरेको घटना सेलाउन नपाउँदै अर्को चरम लापरवाहीको रहस्य खुलेको छ । गोल्डेन अस्पतालका चिकित्सकहरूले एउटा विरामीको प्रयोगशालाको रिर्पोटको आधारमा अर्कैको उपचार गरेको र अवस्था गम्भीर बनाइदिएका छन् ।

कटहरी–५ की सारादेवी राजवंशीलाई सर्पदंशका कारण शनिबार गोल्डन अस्पतालमा भर्ना गराइएको थियो । उपचारका क्रममा सारादेवीको रगत जाँचका लागि प्रयोगशालामा पठाइएको थियो । तर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूको लापरवाहीका कारण सारादेवीको उपचारको फाइलमा अर्कै विरामी रेणुकादेवी मण्डलको साउन १८ गतेको रगत जाँचको रिर्पोट बमोजिम उपचार शुरू गरिएको थियो । सारादेवीको उपचारको फाइलमा अर्कै विरामी रेणुदेवीको रगत जाँचको रिर्पोट रहेको त्यहाँ कार्यरत न त चिकित्सक न त स्वास्थ्यकर्मीले नै थाह पाए ।

रेणुदेवीको रिर्पोटको आधारमा सर्पदंशकी विरामीको उपचार हुँदा अत्याधिक दुखाई भएर सारादेवी कराउँदा उनलाई ड्युटीमा रहेका स्वास्थ्यकर्मीले कुटपिट समेत गरेका थिए । सारादेवीको स्वास्थ्यमा खासै परिवर्तन नआएपछि उपचारका लागि अन्तै लैजाने भनेर आफन्तले सारादेवीको फाइलमा अर्कै विरामी रेणुदेवीको पनि रिर्पोट गुत्थी गरिएको र त्यसैको आधारमा इलाज चलाइरहेको भन्दै आफन्तले अस्पतालमा होहल्ला मच्चाएका थिए ।

उनीहरूले शनिबारदेखि बिहीबारसम्म लाखौ रूपैयाँ अस्पतालले इलाजको नाममा असुलेको भन्दै क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए । न्यू सृष्टि दैनिकसँग बिहीबार कुरा गर्दै सारादेवीका नाती रमिककुमार राजवंशीले हजुरआमालाई शनिबार सर्पले टोकेपछि कोशी अस्पतालमा ल्याएको र त्यहाँबाट गोल्डेन रेफर गरेपछि आपूmहरूले गोल्डनमा हजुरआमाको उपचार गराएको बताए ।

रमिकले साउन १८ गतेको रिर्पोट उल्टो रहेको बताए । रमिकले भने,‘हजुरआमाको फाइलमा अर्कैको रिर्पोट नत्थी गरेर त्यसै अनुसार उपचार गरिएकोले अवस्था नाजुक भयो । अस्पतालले अर्काको रिर्पोटको आधारमा कुन औषधी चलायो चलाएन त्यो थाहा नभएको भन्दै हजुरआमाको ज्यानको जिम्मा अस्पतालले लिनु पर्ने र क्षतिपूर्ति दिनु पर्ने माग गरे ।

गोल्डन अस्पतालका प्रबन्धनिर्देशक मोहम्मद जिआउल हकले सारादेवी क्रिटिकल अवस्थामा रहेको र भेन्टिलेटरमा राखेर उपचार गरिएको र हाल अवस्था सामान्य रहेको बताए । दुईवटै महिलाको एकै ठाउँमा राखेर उपचार गरिएको र रिर्पोटलाई फाइलमा अलग–अलग राख्दा भुलवस एउटाको रिर्पोट अर्कोमा गएको हकको दावी थियो । तर उनले रिर्पोट अदलाबदली भएपनि चिकित्सकले भने सहि औषधी दिएर उपचार गरेको हकले ठोकुवा गरे । उनले विरामीको ज्यान अस्पतालले बचाएको भन्दै क्षतिपूर्ति दिने कुनै प्रश्नै नउठ्ने जिकिर गरे ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!