हिपमत डटकम

शुक्रबार, साउन २२, २०७८ || 1390  पटक पढिएको

नेपाली कांग्रेसका युवा नेता दीपक चापागाईंले खोपको विषयमा एक अर्काप्रति आरोप प्रत्यारोप नलगाउने भनेर पार्टी भित्र निर्णय भइसकेपछि पनि बद्नाम गराउने उद्देश्यले आफ्नो नाम मुछेर विभिन्न चर्चा चलाउन थालिएको भन्दै आपत्ति जनाएका छन् ।

केहीदिन अघि विराटनगर–५ स्थित कांग्रेस वडा सभापति विमल राजभण्डारीको घरमा मेयर भीम पराजुलीको उपस्थितिमा खोप लगाइएको भन्दै विवाद श्रृजना भएको थियो । सो खोप विवादमा कांग्रेसभित्रकै कार्यकर्ताहरूले एक अर्कामाथि आरोप प्रत्यारोप गरेका थिए । खोप विवादको निरूपणका लागि कांग्रेस क्षेत्र नं. ६ का क्षेत्रीय सभापति निरञ्जन रिजालको नेतृत्वमा बैठक बसेको थियो ।

सो बैठकमा दिपक चापागाईं, विराटनगर कांग्रेसका कार्यवाहक सभापति अरूण न्यौपाने, वडा नं. ५ का कांग्रेस सभापति विमल राजभण्डारी लगायतको सहभागिता थियो । बैठकमा कांग्रेस अधिवेशन र स्थानिय निर्वाचनको मिति नजिकिँदै गएको अवस्थामा कांग्रेसभित्रकै साथीहरू एक आपसमा लड्ने, भिड्ने र आरोप प्रत्यारोपमा ओर्लिए कांग्रेसलाई बेफाइदा हुने र कमजोर बन्ने निश्कर्ष निकालिएको थियो ।

बैठकमा अब आइन्दा कुनै पनि प्रकारको आरोप प्रत्यारोप र एक अर्कामाथि हिलो नछ्याप्ने र कांग्रेसलाई एक ढिक्का बनाउनका लागि भूमिका खेल्ने भन्दै विवादित समूहहरूलाई सहमतिमा ल्याइएको थियो । तर कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा आफू विरूद्ध कुरा उठेको भन्दै कांग्रेस नेता दिपक चापागाईंले आपत्ति जनाए ।

उनले न्यू सृष्टि दैनिकसँग कुरा गर्दै भने,‘म माथि कारवाही गरिनु पर्ने चर्चा चलेको जस्तो बकम्मफुसे कुरा सुन्दा म आश्चर्यमा परेको छु । मलाई कारवाही गर्ने हिम्मत कसैमा छैन ।’ खोपको विषयमा कुनै पनि कुरा उठान नगर्ने सहमति भइसकेपछि पनि चाहिँदा नचाहिँदा कुराले बहस पाउनु निश्चय पनि राम्रो होइन । म पनि विगतमा कसले के गरे, के गरेनन् भन्ने सयौं कुराको उठान गर्न सक्छु ।’ उनले थपे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!