दर्जनौ भन्दा बढी फिल्म तथा म्युजिक भिडियोमा अभिनय गरिसकेकी चर्चित नायिका बर्षा राउत र पछिल्लो समय चर्चामा आएका मोडल बिकास लामिछाने फिचर्ड ‘ तिम्रो माया कति दिनलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दिपक शर्माको शब्द रहेको सो गीतमा दिपक शर्माकै संगीत रहेको छ भने गीतमा संगीता रायमाझीको स्वर सुन्न सकिन्छ । गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । हेर्नुस भिडियो :

प्रिस्मा स्टुडियो बाट रेकर्ड गरिएको उक्त गितको भिडियोलाई देभेन्द्र पाण्डेले निर्देशन गरेका हुन भने कोरियोग्राफ पनि स्वयम् उनैले गरेका छन् । उक्त सार्बजनिक गरिएको रोमान्टिक शैलीको भिडियोलाई छायाकार उत्सव दाहालले छायांकन गरेका छन् भने सम्पादन बिकाश दाहालले गरेका छन् ।

लोक शैलीमा निर्माण गरिएको रोमान्टिक शैलीमा तयार पारिएको छ । गीतलाई फर्पिंगमा खिचिएको हो भने सार्बजनिक म्युजिक भिडियोमा महि सिंहको मेकअप रहेको छ । भिडियोलाइ सार्बजनिक भएको केहि समयमै धेरैले हेरिसकेका छन् भने धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!