पुरातात्विक धार्मिक महत्त्वको बहुमूल्य धर्मग्रन्थ भन्दै नगद १३ लाख ७९ हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई गोकर्णेश्वर नगरपालिका-८ आरुबारीबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं माकलबारी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-१ घर भएका २० वर्षीय आशिष लामा तामाङ र
काठमाडौं महानगरपालिका-७ चावहिल सरस्वतीनगर बस्ने भोजपुर रामप्रसाद गाउँपालिका-७ घर भएका ३० वर्षीय रजिन राई रहेका छन् ।

गते काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ आरुबारी बस्ने उदयपुर चौदण्डिगढी नगरपालिका-८ घर भएका १ पुरुषलाई साउन १४ प्राचिन पुरातात्विक बौद्ध ग्रन्थको ३ करोड ८५ लाख रुपैयाँमा खरिद बिक्री गर्ने भन्दै झुक्यानमा पारी उक्त नगद ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!