शनिबार भएको दिल्ली विधान सभा निर्वाचनमा आम आदमी पार्टी (आप) अत्याधिक सिटमा विजयी भएको छ।कुल ७० सिटका लागि भएको निर्वाचनमा आम आदमी पार्टी एक्लैले ६२ सिटमा जित हासिल गर्यो। बाँकी ८ सिटमा भने भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ तर केन्द्रमा प्रमुख प्रतिपक्षी रहेको र लामो समय दिल्लीमा शासन गरेको भारतीय काङ्ग्रेसले भने कुनै पनि सिट जित्न सकेन।

आम आदमी पार्टीको जितसँगै अरिबिन्द केजरीवाल तेश्रोपटक दिल्लीको मुख्यमन्त्री बन्ने भएका छन्। पहिलो पटक ४९ दिनका लागि दिल्लीको मुख्यमन्त्री चलाएका केजरीवालले बहुमत अभावमा सत्ता चलाउन नसकिएको भन्दै पुनः निर्वाचनमा जाने घोषणा गरेका थिए। दोश्रो निर्वाचनमा उनको पार्टीले सुविधाजनक बहुमत प्राप्त गरेपछि उनले सन् २०१५ पछि ५ वर्ष सरकार चलाए।

मुख्यमन्त्रीका रुपमा दिल्लीका आम जनताको आधारभूत मागहरूमा काम गरेका कारण उनलाई दिल्लीका जनताले तेश्रोपटक सरकार चलाउन चुनेका हुन्। यसपटक झण्डै-झण्डै ९० प्रतिशत मत(८८.५७) पाएको आम आदमी पार्टीले दिल्लीका जनतासँग निर्वाचन प्रचारका क्रममा मुख्य १० वाचा गरेको थियो।

यिनै १० वाचाले आप दिल्लीको सत्तामा पुगेको हो। निर्वाचनले उसले अघि सारेका १० वाचाहरुले मतदाताहरू राष्ट्रिय मुद्धा भन्दा पनि स्थानिय सरोकारका मुद्दाहरू र तिनको समाधानको गर्छु भन्नेहरुसँग आकर्षित देखायो।

दिल्लीका जनतासँग आम आदमी पार्टीले गरेका १० वाचाहरू यस्ता थिएः

१. जगमग जगमज दिल्लीः सबैलाई २४ घण्टा विजुली र २०० युनिट निःशुल्क विजुलीको सुविधा जारी रहने। आपले तारहरूको भद्दा जंजालबाट शहरलाई मुक्त गर्दै भूमिगत तारबाट घरघरमा विजुली पुर्याउने आफ्नो घोषणापत्रमा उल्लेख गरेको थियो।

२. एक घर एक धाराः पानीको समस्याबाट दशकौदेखि आक्रान्त दिल्लीमा आपले २४ घण्टा शुद्ध पिउने पानीको सुविधा दिने जनाएको छ। यस वाचा अन्तरगत हरेक घरले मासिक २० हजार लिटर पानी निःशुल्क पाउनेछन्।

३. देशकै उत्कृष्ट शिक्षा व्यवस्थाः प्रत्येक बालबालिकालाई विश्वस्तरिय शिक्षाको व्यवस्था गर्ने।

४. सस्तो सुलभ र गुणस्तरीय औषधो-उपचारः हरेक परिवारलाई आधुनिक अस्पताल र टोल क्लिनिकमार्फत उचित स्वास्थ्य सुविधा।

५. सबैभन्दा ठूलो र सस्तो यातायात व्यवस्थाः ११ हजार बस तथा ५ सय किलोमिटर मेट्रोको विस्तार गर्ने उसले जनाएको छ। यसैगरी महिलासँगै छात्रहरूलाई निःशुल्क बससेवा।

६. प्रदुषण मुक्त दिल्लीः दिल्लीको वायुप्रदुषणलाई कम्तीमा तीन गुणाले घटाउने योजना उसको छ। २ करोड रूख रोपेर हरित दिल्लीको निर्माण। योसँगै उसले स्वच्छ र अवरल यमुना नदी बनाउने घोषणा पनि यसमा राखेको छ।

७. स्वच्छ र चम्किलो दिल्लीः दिल्लीलाई फोहोरमुक्त गराएर सुन्दर बनाउने योजना आपको छ।

८. महिलाका लागि सुरक्षित दिल्लीः सिसिटिभी क्यामरा, सडक बत्ती तथा बस मार्शल एवम् टोल मार्शलको तैनाथ गर्दै दिल्लीका महिलालाई सुरक्षाको प्रत्याभूति गर्ने।

९. आधारभूत सुविधायूक्त कच्चा कोलोनीः यस वाचा अन्तरगत आम आदमी पार्टीले सरकारले कच्चा कोलोनीहरूमा उचित सडक, पिउने पानी, ढल, टोल क्ल्निक तथा सिसिटिभी जस्ता सुविधाहरू उपलब्ध गराउनेछ।

१०. जहाँ सुकुमबासीको झुपडी, त्यही घरको व्यवस्थाः दिल्लीमा झुपडीमा बस्नेहरूलाई उनीहरू बसेकै स्थानमा पक्की घर दिने आपले वाचा गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!