हिपमत डटकम

शुक्रबार, साउन २२, २०७८ || 713  पटक पढिएको

आगामी भदौ ७ गते परेको गाइजात्रालाई लक्षित गर्दै हास्य कलाकार तथा गायक गोपाल तिमल्सिना ले यो वर्ष आफ्नो गाइजात्रे कमेडी कोसेली ‘खै के खैके ’ल्याएका छन् ।

गाइजात्रे प्रस्तुतिको विकाश कार्की ,राज कुमार श्रेष्ठ , राम तिमल्सिनाको अभिनय रहेको छ ।

प्यारोडी गीतमा लय शब्द तथा स्वर गायक तथा कलाकार गोपाल तिेतिमल्सिनादिएका छन् ।

देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसंगतिप्रति तिखो प्रहार गर्दै उनले ‘ ‘खै के खैके ’ ल्याएका हुन् । गाइजात्रामा मुख्य रुपमा समाजको विकृति र विसंगतीलाई मुख्य रुपमा केन्द्रिकृत गरिएको छ भने तीन वर्ष बढी सरकारमा बसेर बाहिरिएको ओली सरकारको क्रियाकलाप बनेका छन् ।

 

प्रहसन तथा प्यारोडीको भिडियो पनि बनेको छ । हास्य कलाकारका लागि गाइजात्रा एउटा महान उत्सव भएकोले लामो समयदेखि यो बर्षमा गाइजात्रे कोसेली ल्याउने गरेको गोपालले बताए । गोपालले ‘खै के खैके ’ गीतलाई यसमा प्यारोडी मार्फत नेताहरुको रमाईलो प्रस्तुति समेटेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!