कोरोना भाइरसको संक्रमणसँग डाक्टरको लडाईं कुनै अपरिचित दुश्मनविरुद्ध खेलिएको युद्धसरह हो ।यसले तपाईंको शरीरमा कसरी हमला गर्छ ? संक्रमणपछि मानव शरीरमा कस्ता लक्षण देखिन्छन् ?कस्ता व्यक्ति गम्भीर रुपमा बिरामी हुने वा कस्ता व्यक्तिको मृत्यु हुन्छ ? र तपाईंले यसको उपचार कसरी गर्ने ?चीनको ऊहान शहरका अस्पतालमा यो महामारीको उपचार गराइरहेका डाक्टरको समूहले अब यी प्रश्नको जवाफ दिन सुरु गरेका छन् ।

कोरोना भाइरसबाट संक्रमित भएका १ सय ३८ बिरामीको उपचारको विस्तृत जानकारी फेब्रुअरी ७ तारिखमा जर्नल अफ द अमेरिकन मेडिकल असोसिएसन (जेएएमए) मा प्रकाशित भएको थियो । तीमध्ये लगभग सबै बिरामीमा ज्वरो, थकान र सुख्खा खोकी देखियो । यसका साथै, प्रत्येक तेस्रो बिरामीले मांशपेशी दुखेको र सास फेर्न गाह्रो भएको बताए । साथै, १० प्रतिशतमा रिँगटा र झाडा लाग्नेजस्ता सामान्य लक्षण देखियो ।

२२ वर्षदेखि ९२ वर्ष उमेर समूहका बिरामीलाई जनवरी १ देखि २८ तारिखमा झोङ्नान अस्पतालमा भर्ना गरिएको थियो । ‘रोगबाट संक्रमित बिरामीको औसत उमेर ४९ देखि ५६ वर्ष होे,’ जेएएमएले भन्यो । ‘बच्चामा निकै कम संक्रमण देखिएको छ ।’

कतिपय केस साधारण देखिएता पनि सबै बिरामीमा निमोनिया भने देखिएको जेएएमएले बताएको छ ।

कति बिरामीलाई सास फेर्न गाह्रो भएपछि आइसीयूमा नै राखेर उपचारसमेत गर्नुपर्यो । गम्भीर रुपमा बिरामीमध्ये धेरैजसो दीर्घ रोगी हुन् ।

१ सय ३८ बिरामीमध्ये ६ जनाको मृत्यु भएको छ । यसले ४.३ प्रतिशत मृत्युदर देखाउँछ । यद्यपि, संक्रमण सुरुवाती अवस्थामा भएकोले यो दरमा परिवर्तन हुनसक्ने पनि बताइएको छ ।

साथै, जनवरी २४ मा कोरोना भाइरसबाट संक्रमित हुने पहिलो ९९ बिरामीको उपचारको विस्तृत जानकारी लासेन्ट मेडिकल जर्नलमा प्रकाशित गरिएको थियो ।

ऊहानको जिन्यिन्ता अस्पतालमा जुन ९९ बिरामी ल्याइएको थियो त्यसमा निमोनियाका लक्षण थिए ।

यी बिरामीमा फोक्सोको समस्या देखिएको थियो र फोक्सोको त्यो स्थान जहाँबाट अक्सिजन रगतमा प्रवाह हुन्छ त्यहाँ पानी भरिएको थियो ।

अन्य लक्षण थिए..

८२ जनालाई ज्वारो आएको थियो

८१ लाई खोकी

३१ लाई सास फेर्न समस्या भइरहेको थियो

११ जनालाई माशंपेशीमा पिडा

९ लाई भ्रम भइरहेको थियो

८ लाई टाउको दुखाई

५ लाई टन्सिलको समस्या थियो ।

मृत्युका सुरुवाती घटनाः

कोरोना भाइरसद्वारा संक्रमित जुन दुई बिरामीको पहिलो मृत्यु भयो, उनीहरु स्वस्थ देखिएका थिए ।

उनीहरुलाई लामो समयदेखि चुरोटको लत थियो र यसैकारण उनीहरुको फोक्सो कमजोर भएको हुनसक्ने अनुमान गरिएको छ ।

६१ वर्षका जुन व्यक्तिलाई अस्पताल ल्याइएको थियो, उनी निमोनियाको लक्षणबाट ग्रस्त थिए ।

उनलाई सास फेर्न निकै समस्या भइरहेको थियो । तपाईंले यसलाई यसरी पनि बझ्न सक्नुहुन्छ – ती व्यक्तिको फोक्सोले शरीरलाई जिउँदो राख्न आवश्यक अक्सिजन आपूर्ती गर्न सकिरहेको थिएन ।

भेन्टिलेटरमा राख्दासमेत ती व्यक्तिको फोक्सोले काम गर्न सकेन जसका कारण उनको मुटुले काम गर्न बन्द गर्यो ।

अर्का व्यक्ति ६९ वर्षका थिए र उनलाई पनि सास फेर्न समस्या भएको थियो । उनलाई कृत्रिम रुपमा अक्सिजन दिने कोसिस गरियो तर त्यो सफल हुन सकेन ।

उनीहरुको रक्तचाप खस्किएपछि निमोनियाले ज्यान लियो ।

मार्केट स्टाफः

ऊहानको हुआनान सीफूड मार्केटमा पाइने समुद्री जीवलाई कोरोना भाइरसको संक्रमणको कारण मानिएको छ ।

ऊहानको जिन्यिन्तान अस्पतालमा ल्याइएका ९९ जना व्यक्तिमध्ये ४९ व्यक्तिको यो सीफूड मार्केटसँग सम्बन्ध थियो ।

४७ जना व्यक्ति हुआनान सीफूड मार्केटमा या त म्यानेजरको रुपमा काम गरिरहेका थिए वा त्यहाँ पसल चलाइरहेका थिए । संक्रमित हुने व्यक्तिमध्ये दुई व्यक्ति खरिदकर्ता थिए ।

प्रभावित व्यक्तिमा अधवैंसे बढीः

९९ बिरामीमा धेरैजसो अधवैंसे थिए । तीमध्ये ६७ पुरुष थिए र बिरामीको औसत उमेर ५६ वर्ष थियो ।

यद्यपि, ताजा आँकडाका अनुसार कोरोना भाइरसबाट संक्रमित स्त्री, पुरुषबीच धेरै फरक छैन ।

चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार ६ पुरुषको तुलनामा पाँच महिलामा यसको संक्रमण पाइएको छ ।

कोरोना संक्रमणका कारण पुरुष गम्भीर रुपमा बिरामी हुने र उनीहरुलाई अस्पतालमा भर्ना गराउनुपर्ने स्थिती सृजना हुनसक्छ ।

सामाजिक र सांस्कृतिक कारणले गर्दा पुरुष थप संक्रमित हुनसक्छन् ।

जिन्यिन्तान अस्पतालका डाक्टर ली झांग भन्छन्, ‘कोरोना भाइरसको संक्रमणको आशंका महिलामा कम हुन्छ किनभने उनीहरुमा एक्स क्रोमोजोम र सेक्स हर्मोनका कारण रोग प्रतिरोधी क्षमता बलियो रहन्छ ।’

जो पहिले नै रोगी थिएः

९९ बिरामीमध्ये धेरैलाई पहिले नै कुनै न कुनै रोग लागेको थियो । जसका कारण कोरोनाबाट संक्रमित हुने खतरा उनीहरुलाई धेरै थियो ।

डाक्टरले यसलाई कमजोर प्रतिरोधी क्षमताको नतिजा बताइरहेका छन् ।

४० बिरामीको मुटु कमजोर थियो वा उनीहरुको रक्त वाहिनीमा समस्या थियो । उनीहरुलाई मुटु रोग थियो र पहिले नै हृदयघात भइसकेको थियो ।

१२ जनालाई मधुमेहको समस्या थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!