हिपमत डटकम

शुक्रबार, साउन २२, २०७८ || 610  पटक पढिएको

नजिकिँदै गरेको यस पटकको तीजलाई लक्षित गरेर गायक तथा सँगीतकार सुवर्ण कुमार श्रेष्ठ र गायिका दीपा कोईरालाले युगल स्वरमा नयाँ तीज भाका छमछम छमछम नाच बरीलै… बजारमा ल्याएका छन् ।

यो गीतमा शब्द संगीत र संगीत सँयोजना पनि सुवर्ण कुमारकै रहेको छ । यो गीतमा सुवर्ण र दीपालाई स्वरमा विष्णु श्रेष्ठ र रञ्जु मगरले पनि साथ दिएका छन् । गीत नृत्य प्रधान बनेको छ । यसपटकको तीजमा यो गीतले तीजगीत प्रेमीलाई नचाउने विश्वास यी गायक गायिकाको रहेको छ ।

सरस्वती श्रेष्ठ निर्माता रहेको यो गीतको भिडियोलाई सुवर्ण कुमारले नै छायांकन र सम्पादन गरेका हुन् । यो गीतको भिडियोलाई जीवन थापाले निर्देशन गरेका हुन् । यतीबेला यो तीज भाका र यसको भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको यसका गायक संगीतकार सुवर्ण कुमारले बताएका छन् ।

यो तीज भाकाको भिडियोलाई भिडियो क्राफ्ट नेपालको युट्युव च्यानलबाट रिलिज गरिएको छ । यो गीतको भिडियोमा गायिका दीपा कोईराला सहित मञ्जुला गिरी, सविता कार्की, रफ्तार पौडेल, केशब विसी, प्रवेश पौडेल मुख्य भूमिकामा छन् । नृत्य कलाकारका रुपमा सुस्मिता श्रेष्ठ, सुस्मिता कार्की, रञ्जु मगर, भावना पौडेललगायत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!