बुधबार, माघ २९, २०७६ || 628  पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक जनयुद्ध दिवसमा सहभागी हुने भएका छन् ।नेकपाले मनाउन लागेको जनअन्दोलन तथा जनयुद्ध दिवसमा उनी सहभागी हुने भएका छन् । पार्टी एकीकरण भएको पहिलो वर्ष नै सहभागी हुने भनिएपनि अन्तिम समयमा आएर उनी कार्यक्रममा गएका थिएनन् ।

तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु गरेको दिनलाई ‘जनयुद्ध दिवस’ को रुपमा मनाइँदै आएको थियो । तर एकीकरणलगत्तै सो पार्टीले उक्त दिनलाई जनयुद्धसँगै जनआन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना हुने उक्त कार्यक्रममा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने भएका छन् । जनयुद्ध दिवस धुम्बाराहीमा मनाउने निर्णय यसअघि नै पार्टीले गरिसकेको छ ।

यो खबर आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!