हिपमत डटकम

बिहिबार, साउन २१, २०७८ || 508  पटक पढिएको

अमेरिकाको कनेक्टिकटकी समान्था राम्सडेलको मुख विश्वकै ठूलो भएको गिनिज बुक अफ वर्ल्ड रेकर्डले जनाएको छ । उनको मुख ६.५६ सेन्टिमिटरसम्म खुल्ने र तेस्रो नाप्दा १० सेन्टिमिटरसम्म पुग्ने उल्लेख छ ।

राम्सडेलले आफूलाई आफ्नो मुख जहिले पनि ठूलो लाग्ने भए पनि टिकटकमा भिडियो पोष्ट गरेपछि मात्र यो कीर्तिमानी भएको थाहा पाइन् । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनलाई कीर्तिमानका लागि प्रयास गर्न भनेपछि उनले गिनिज बुकमा नाम लेखाउन पुगेकी थिइन् ।

३१ वर्षीया राम्सडेलको टिकटकमा १७ लाख फलोअर्सहरु रहेका छन् । ‘मेरो मुखको कारणले म यति चर्चित हुन्छु भन्ने सोचेको पनि थिइनँ,’ उनी भन्छिन् । भिडियोहरुमा उनले मुखमा एकैपटक तीनवटा डोनट अटाएको, ठूलो मात्रामा फ्राइजहरु अटाएको लगायत छन् ।

सीएनएन

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!