बुधबार, माघ २९, २०७६ || 540  पटक पढिएको

नेकपा नयाँ सत्ता सहयात्रीसँग दुई तिहाई कायम हुनेगरी साझेदारीको दिन पर्खिरहेको छ । तर, मन्त्री बन्न तयार भनिएको दलका नेताहरु यसबीच सुटुक्क दक्षिणतिर लागेका छन् । र, योसँगै नेपालको राजनीतिक क्षितिजमा केही नयाँ–नयाँ दृश्य पटाक्षेप हुने सम्भावना बढ्दो छ ।

संयोग वा पूर्वतयारी, जे भए पनि नयाँदिल्लीको दृश्य यस्तो छ – विदेश मामिला हेर्ने साउथ ब्लकमा नेपाललाई सामान्य आँखाले हैन, भित्रसम्मै देख्ने मानिसहरुलाई तैनाथ गरिएको छ ।

राजापा नेताहरु चाहिँ दिल्लीतिर दौडिएका छन् । अध्यक्ष मण्डलका राजेन्द्र महतो नेपाल वायुसेवा निगमको उडानबाट दिल्ली उडेका हुन् । हिजो साँझसम्म फर्किएका छैनन् ।

शरदसिंह भण्डारी पनि स्थलमार्ग भएर पारी पसेको बुझिन्छ । राजपाको रणनीति छ, केन्द्रीय सरकारमा जाने, तर २ नम्बर प्रदेशको सरकार पनि यही प्याकेजअन्तरगत गठन गर्ने कुरामा आनाकानी गर्ने ।

यदी त्यस्तो गरियो भने तराईको राजनीतिमा उपेन्द्र यादव र सिके राउत हावी हुने, नेकपासँगको सहकार्यका कारण आफू पछि परिने आशंका । थाहा छैन, राजेन्द्रले दिल्लीलाई सम्झाएर आउँछन् कि उतैको कुरा सम्झिएर ल्याउँछन् ।

मधेसमा जुन चक्रव्युह सिर्जना हुँदैछ, प्रधानन्त्री केपी ओलीका लागि त्यो तोड्नुपर्ने बाध्यता सिर्जना भएको छ । खारो स्वभावका प्रम ओलीसँग राजेन्द्र महतोको ट्युनिङ मिलेको कारण तीन चरणमा सहकार्यको कुरा भएको हो ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!