हिपमत डटकम

बुधबार, साउन २०, २०७८ || 428  पटक पढिएको

अक्षयकुमारको बहुप्रतिक्षित फिल्म ‘बेल बटम’ को ट्रेलर रिलिज भएको छ । अक्षयकुमारका हरेक फिल्मजसरी नै यस फिल्मको ट्रेलर पनि भव्य तरिकाले लन्च गरियो । यस फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अक्षयकुमार र अभिनेत्री वाणी कपूर एकसाथ देखिएका थिए ।

ट्रेलर लन्च भएपछि अक्षयकुमारले सोशल मिडियामा फ्यानहरुसँग खुसी साटेका छन् । अक्षयले आफ्नो आधिकारीक ट्वीटर एकाउन्टमार्फत यो ट्रेलर शेयर गरेका छन् । ‘ठूलो पर्दाको जादू फेरि एकपटक लिएर आउदैछु, बेल बटमको साथ,’ उनले लेखेका छन् । उनले टिमका सबैलाई ट्याग पनि गरेका छन् । यस फिल्ममा अक्षयकुमार राष्ट्रिय चेस खेलाडीको भूमिकामा छन् ।

‘बेल बटम’ कोरोनाकालपछि हलमा रिलिज हुन लागेको पहिलो बलिउड फिल्म हो । फिल्मलाई थ्रीडीमा पनि रिलिज गर्ने योजना छ । १९ अगस्टमा सिनेमा हलमा रिलिज हुने फिल्म अक्षयकुमार र वाणी कपूरसँगै हुमा कुरैशी, लारा दत्त, ज्याक भगनानीलगायत कलाकारले पनि महत्वपूर्ण भूमिका निभाएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!