हिपमत डटकम

बुधबार, साउन २०, २०७८ || 516  पटक पढिएको

कैयौं पटक तपाईंले पनि महशुस गर्नुभएको होला पूरै विधि विधानले पूजा गर्दा पनि पुजाको फल प्राप्त हुदैँन ।

यदि यस्तो भएको छ भने हामीबाट हुने जान अन्जानका गल्तीले यस्तो हुन पुग्दछ । यस्तोमा दुर्गा सप्तशतीको पाठ गर्दा केहि कुरामा विशेष ध्यान दिएमा वा पाठ गर्दा केहि नियम पालना गरेमा मात्र पाठको पुरा फल प्राप्त हुने धार्मीक विश्वास छ ।

– दुर्गा सप्तशती पाठका क्रममा शुद्धताको पालना गर्न अत्यन्त आवश्यक छ । तसर्थ नुहाएर सफा कपडा लगाएर पाठ गर्नु पर्ने धार्मीक विश्वास छ ।

– पाठ गर्दा कुशको आसन वा ऊनबाट बनेको आसनमा बसेर मात्र गर्नु पर्दछ । साथै पाठ गर्दा हातले खुट्टा छुनु हुदैँन ।

– दुर्गा सप्तशती पाठ शुरू गर्दा पहिले पुस्तकलाई रातो कपडामा राखेर त्यसमाथि अक्षता र फूल चढाएर पुजा गरेपछि मात्र पाठ गर्नु पर्दछ ।

– नवरात्रिमा दुर्गा सप्तशतीको पाठ भन्दा पहिले र पछि नर्वाण मन्त्र ॐ ऐं ह्रीं क्लीं चामुण्डाये विच्चे को जप गर्नु पर्दछ ।

– दुर्गा सप्तशती पाठमा हरेक शब्दको उच्चारण स्पष्ट हुनु पर्दछ । शब्द उल्टो पुल्टो हुनु हुदैँन । अर्थात शब्द हेरफेर हुनु हुदैँन ।

– सप्तशती पाठ गर्दा चर्को वा मधुरो स्वरमा गर्नु हुदैँन । सबै शब्द मज्जाले सुनिनु पर्दछ ।

– संस्कृतमा दुर्गा सप्तशती पाठ उच्चारण गर्न कठिनाई भए अन्य भाषामा पनि गर्न सकिन्छ तर सही र स्पष्ट हुनु पर्दछ ।

– दुर्गा सप्तशती पाठ गर्दा आलस्यता वा हाइ गर्नुहुदैँन, मनलाई शान्त र स्थिर गर्नु पर्दछ ।

– कुनै दिन समय अभाव वा अन्य कारणले सप्तशती पाठ पुरा गर्न नसकेमा अन्तिममा भएको कुञ्जिका स्तोत्र पाठ गरी देवीसंग पूजा स्वीकार गर्न प्रार्थना गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!