हिपमत डटकम

मंगलबार, साउन १९, २०७८ || 526  पटक पढिएको
भवानीप्रसाद पोखरेल

खोटाङ खार्पामा जन्म भै विराटनगर–३ बस्दै आएका स्रष्टा बाबुराम पोखरेल पेशाले निजामती अधिकृत हुँदै साहित्यमा रमाउने साहित्यकार हुन । उनको पहिलो मुक्तकसङ्ग्रह ‘शब्दचित्र’ साहित्यको फूलबारीमा सामेल भएको छ ।
यसमा १८८ थान मुक्तक छन् जुन चोटिला, पोटिला, रसिला छन् । जुन पढौँ पढौँ लाग्नेछन् । भाषा सरल छ, बोधगम्य छ, कभरबाहेक १०४ पेज छ, मूल्य १२५।– मुद्रक गजुरमुखी प्रिन्टर्स, विराटनगर, कभर राम्रो छ । मुक्तकसङ्ग्रह पुस्तक पसलमा उपलब्ध छ ।

शब्दचित्र अर्थात् हाम्रो समाजको शल्यक्रिया भनि प्रा.डा. भीम खतिवडा, धरान, प्रकाशकीय मन्तव्य भनी रामकाजी कोने, अध्यक्ष नेपाल मुक्तक प्रतिष्ठान काठमाडौं समेतले पाँच पेज लेख्दै मुक्तकका बारेमा राम्रो मूल्याङ्कन गरेका छन् । मेरो भन्नु भनी स्वयम् मुक्तककारले दुई पेज पस्कदै सहयोग गर्नु हुने सम्पूर्णमा म ऋणी छु, पाठक वर्गबाट सुझाव र सल्लाहको अपेक्षा गर्दछु भनेका छन् । उनले धेरैवटा संस्थामा आवद्ध भै मान सम्मान पनि पाएका छन् ।

मुक्तकक्रmम यसप्रकार रहेको छ पेज नं. १ देखि ९ सम्म जीवन÷जीवन दर्शन, पेज नं. १० देखि ३८ सम्म समाज, पेज नं. ३९ देखि ५१ सम्म धर्म तथा नीति, पेज नं. ५२ देखि ६१ सम्म घटना, पेज नं. ६२ देखि ८३ सम्म प्रेम, पेज नं. ८४ देखि ९४ सम्म अन्य÷विविध भनी शीर्षक अनुसारका मुक्तकहरू सहजढङ्गले प्रस्तुत भएका छन् । पेज नं. ४० मा रहेको एउटा मुक्तक हेरौं–
कुनै बेला बटुवाको छाप्रोमुनि बास हुँदोरहेछ
आश्वासनमा चुलिएर मान्छेलाई आस हुँदोरहेछ
घमण्डी छ यदि मान्छे भने, दम्मले ऊ मातेपछि
दूधजस्तै उम्लिएर एकदिन सत्यनास हुँदोरहेछ ।

‘गागरमा सागर’ भर्ने विधा हो मुक्तक । सङ्क्षिप सूत्रात्मक, बिम्बात्मक, व्यङ्ग्यात्मक र प्रभावोत्पादक विधाको रूपमा परिचित मुक्तकले पाठकलाई लोभ्याउँछ । समाजका बहुसन्दर्भभित्र मान्छे, उसको जीवन, जीवनका उहापोहहरू, प्रेम, भोक, अभाव, सपना, असन्तुष्टिजस्ता यावत कुरालाई विषय बनाइ टपक्कै टिपी मुक्तकिलो बनाएको पाइन्छ ।
त्यसैगरी विसंगत वर्तमानप्रति आक्रोश, मायालु मन छ, उमङ्ग र साहस छ, राजनीतिक विकृतिको पर्दाफास छ, आडम्बरमाथि प्रहार छ, त्यसैगरी कुरीति, अन्धविश्वासहरूको चित्रण, नारीमाथि शोषण र जातीय–लैङ्गिक विभेदको चित्रणसँगै आजको मान्छेका नकारात्मक स्वार्थी प्रवृत्तिहरूमाथि व्यङ्ग्य प्रहार पनि ‘शब्दचित्र’ का मुक्तकहरूको सवल पक्ष बनेको छ जुन पढौ)–पढौं लाग्नेछ ।

त्यसैगरी समाजका घटना परिघटनाहरू, पिरती र अन्य विविध विषयहरूमा विशिष्टीकरण गरेर प्रस्तुत भएका बाबुरामजीका मुक्तक मिसायलहरूले हाम्रो मन र मुटुमा प्रभावीतरङ्ग अवस्य ल्याउने छ । योभन्दा पनि उम्दा ओजदार राम्रो मुक्तक आउन सकेको भए अझ पाठक रमाउने थिए तर पनि यो राम्रो मुक्तक सङ्ग्रह आएको देखिन्छ ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!