हिपमत डटकम

मंगलबार, साउन १९, २०७८ || 609  पटक पढिएको

झापाको बिभिन्न स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधी सहित ३ जनालाई पक्राउ गरिएको छ ।

हिजो बेलुका ६ बजे गौरीगंज गाऊपालिका ६ जनता चौक स्थितबाट ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका १ का २० बर्षीय सुरेश ताजपुरियालाई प्रतिबन्धित औषधी ट्रामाजेक १५० क्यापसुल, नाईट्रोभेट २६ क्याप्सुल र कोरेक्श १ बोतल सहित पक्राउ गरिएको छ ।

त्यसै गरी हिजै बेलुका पौने ८ बजे झापा मेचीनगर नगरपालिका २ स्थित भृकुटी चौकमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्युरोबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउदै गरेको WB74R 6504 नम्बरको भारतिय मोटरसाईकल चेकजाँच गर्दा उक्त मोटरसाईकलको भाईजरमा लुकाई छिपाई ल्याउदै गरेको लागूऔषध ब्राउन सुगर १ ग्राम फेला परेकोले मोटरसाईकलमा सवार मेचीनगर नगरपालिका १ का २१ बर्षीय सुलन देवान र पछाडी सवार सोही स्थानका २० बर्षीय मिङमा तामाङलाई पक्राउ गरिएको छ । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!