बुधबार, माघ २९, २०७६ || 833  पटक पढिएको

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुरप्रसाद ज्ञवालीलाई बढुवा गरेको छ । वरीयता क्रममा १ नम्बरमा रहेका डीआईजी ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीलाई बढुवा गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गरेका थिए । आईजीपीको दौडमा डीआईजी तारिणीप्रसाद लम्साल पनि थिए । तर ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव मन्त्रिपरिषद्ले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । आईजीपीमा नियुक्ति भएलगत्तै ज्ञवालीले प्रहरी प्रधान कार्यालय पुगेर महानिरीक्षक सर्वेन्द्र खनाललाई बिदाइ गरे । खनालसहित तीन एआईजी र १८ डीआईजीले ३० वर्षे सेवा अवधिका कारण मंगलबार अनिवार्य अवकाश पाएका छन् । प्रदेश १ का प्रहरी प्रमुख ज्ञवाली आईजीपीमा बढुवा हुने निश्चित भएपछि मंगलबार मात्रै विराटनगरबाट काठमाडौं आएका थिए । २०४७ असार २५ गते निरीक्षकमा प्रहरी सेवा प्रवेश गरेका उनले आगामी असार २४ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् । ३० वर्षे सेवा अवधिका कारण उनले त्यसपछि अवकाश पाउनेछन् । उनीपछि २०४९ सालमा सेवामा प्रवेश गरेका अधिकृतहरूमध्येबाट आईजीपी हुनेछन् ।

यसअघि एआईजीहरूमध्येबाट आईजीपी चयन हुँदै आएकामा वैज्ञानिक वृत्तिविकास प्रणालीको अभावमा डीआईजीबाटै नेतृत्व चयन गर्ने बाध्यता सरकारसँग थियो । यसअघि खनाल र प्रकाश अर्याल पनि डीआईजीबाट आईजीपी भएका थिए । प्रहरी नियमावली २०७२ को दफा ४१ मा ‘प्रहरी अतिरिक्त महानिरीक्षक र अतिरिक्त महानिरीक्षक नभएको अवस्थामा नायब महानिरीक्षकबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सक्नेछ’ भनिएको छ ।
(कान्तिपुर दैनिकबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!