फ़ाईल तस्बिर

मोरङ प्रशासनले पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढेको भन्दै निषेधाज्ञामा पुनः कडाई गर्न बाध्य हुन सक्ने संकेत गरेको छ ।

निषेधाज्ञा आदेश केहि खुकुलो भएसँगै बुझी नबुझी, लुकिछिपी जनस्वास्थ्यका मापदण्ड उल्लंघन गरी भीडभाडजन्य कार्य भइरहेको र संक्रमण दर अघिल्लो हप्ताभन्दा बढिरहेकोले सर्वसाधारण नचेते र लापरवाही गरिनैरहे निषेधाज्ञालाई कसिलो बनाउँदै लैजाने भन्दै प्रशासनले चेतावनी दिएको हो ।

प्रशासनले नियन्त्रणका लागि अधिकार स्थानिय तहलाई दिए पनि प्रशासन भने सतर्क अवस्थामा रहने बताएको छ ।
मोरङ प्रशासनले मोरङवासीका नाममा अनुरोधपत्र जारी गर्दै निषेधाज्ञा खुकुलो बनाइएसँगै महामारी बढेको भन्दै निषेधाज्ञाको अवधि कम भए पनि कोभिड–१९ पूर्ण रूपमा नसकिएको बुझिदिन अनुरोध गरेको छ । मोरङमा हाल सक्रिय संक्रमितको संख्या २४०० भन्दा बढि छ । निषेधाज्ञा खुकुलो बनेसँगै भीडभाडजन्य गतिविधि बढ्दै गएको संक्रमण समते बढ्दै गइरहेको भन्दै सर्तक एवं सजग गराउन मोरङ प्रसाशनले मोरङवासीका नाममा अनुरोधपत्र जारी गरेको हो ।
निषेधाज्ञा खुकुलो हुनासाथ भौतिक दूरी कायम गर्ने, मास्क एवं सेनेटाइजरको प्रयोग र स्वास्थ्य मापदण्डको पालना ओझेलमा परेको मोरङ प्रशासनले ठहर गरेको छ । सबै व्यक्तिलाई खोप नलगाउञ्जेल सतर्कताका कार्य जिम्मेवारीपूर्ण तरिकाले गर्न जरूरी रहेको भनी प्रशासनले स्मरण गराएको छ । निषेधाज्ञा खुकुलो हुनासाथै स्वास्थ्य मापदण्ड पालनाका कार्य ओझेलमा परेको र सबैजनाले कोभिड सकिएको जस्तो व्यवहार गर्न थालेको प्रशासनको गुनासो छ ।

अनावश्यक काममा भीडभाड गर्ने, जुलुस, नारा, सेमिनार, पार्टी, विवाह व्रतबन्ध र अन्य सामाजिक कार्यहरूमा सर्वसाधारण सहभागि भई विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य मापदण्डको धज्जी उडाउँदा संक्रमण घट्नुको साटो झन–झन बढ्दै गएको प्रति मोरङ प्रशासन चिन्तित् बनेको छ । संक्रमणको अवस्था बढ्दै गएमा नागरिकको जीवन सुरक्षाका लागि कसिलो निषेधाज्ञा जस्ता बाध्यकारी उपायहरू आवलम्बन गनुपर्ने हुन सक्ने मोरङ प्रशासनले चेतावनी दिएको छ ।

होटल, रेष्टोरेन्ट, सपिङ्गमल, जिमखाना, पार्टी प्यालेस जस्ता स्थानमा भीडभाडजन्य गतिविधि नगर्न र पुजापाठ, विहे, व्रतबन्ध जस्ता पारिवारीक एवं सामाजिक कार्यमा कमभन्दा कम सहभागि बन्न प्रशासनले आग्रह गरेको छ । न्यू सृष्टि दैनिकसँग कुरा गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सबैले खोप पाइनसकेको र सर्वसाधारणले स्वास्थ्य मापदण्डको पालना गर्न आनकानी गरेकोले अवस्था असहज बन्दै गएको टिप्पणी गरे ।

उनले भने, ‘झापामा पूर्ण निषेधाज्ञा छ, संक्रमण बढ्दै गएको छ, मोरङवासीले लापरवाही गरे बाध्यकारी कदम चाल्नु पर्ने अवस्था आउन सक्छ ।’ उनले समयमा नै सर्तक र सजग रहन र स्वास्थ्य मापदण्डको पालनाका लागि मोरङवासीसँग अनुरोध गरेको बताए ।

यो न्युज आजको न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!