लोकप्रिय छन् सचिव घिमिरे

रिपोर्टरको कूनो

सोमबार, साउन १८, २०७८ || 922  पटक पढिएको

मोरङ कांग्रेसका सचिव मोदराज घिमिरे अति नै लोकप्रिय रहेछन् । भावी उपसभापतिका प्रत्याशी घिमिरेबारे न्यू सृष्टि दैनिकले समाचार प्रकाशित गरेपछि न्यू सृष्टि दैनिकको फेसबुक पेजमा २३ हजारभन्दा बढीले यो समाचार हेरे । दर्जनौं सेयर भए । सयौंले अग्रिम शुभकामना भने । यसबाट थाहा हुन्छ काम गर्ने व्यक्तिको धरातलिय पहिचान ।

अन्तर्घात गर्नेहरू, पैसाको बलमा नेता हुन खोज्नेहरूलाई यो लोकप्रियता निश्चय नै पच्दैन । पदमात्र ओगट्ने, अरुको रिस गर्ने, आफ्नै पार्टीका उम्मेदवारलाई हराउनेलाई पच्दैन । तर, यथार्थ के हो भने लोकप्रिय व्यक्तिलाई सबैले साथ दिन्छन् ।
हो, घिमिरेले महत्वपूर्ण कुरा उठान गरेका छन् संगठन मजबुत बनाउने र अनुशासन कायम गर्ने ।

यो कांग्रेस नामक पार्टीका लागि निकै आवश्यक पनि छ । उनले म विजयी भए भने हेलिकोप्टर लिएर ताप्लेजुङको पाथिभरा माताको दर्शन गर्न जान्छु भनेका छैनन् । पैसा फालेर मत प्राप्त गर्छु भनेका छैनन् । घिमिरेसित पैसा छैन तर, आम रुपमा सबै कार्यकर्तालाई समान ढंगले माया गर्ने कोमल मन छ ।

व्यक्तिको लोकप्रियता उप्रति अरूले गर्ने कमेण्टबाट थाहा पाउन सकिन्छ । काम नगर्ने मनुवाहरू त अरुको रिस गर्दै ठिक्क हुन्छ । अरूको लोकप्रियतामा जल्ने गर्छन् । रिपोर्टरका नाताले धेरै कांग्रेसीलाई भेट्दा घिमिरेबारे अति नै सद्भाव राखेको पाइयो र, उनलाई आजको विषय नै बनाउने निधो भयो ।

यो न्युज आजको न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!