हिपमत डटकम

आइतबार, साउन १७, २०७८ || 454  पटक पढिएको

महिलाहरुको महानपर्व हरितालिका तिज नजिकिएसँगै तिजका सार्वजनिक हुने क्रम बढेको छ । यसैबीच गायीका शान्ता जिसीको स्वर रहेको नयाँ गीत ‘घरबारी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

प्रेम सापकोटा सोनु र शान्ता जिसीको स्वर रहेको गीतलाई प्रेम सापकोटाले लिरिक्स तयार पारेका हुन्, गीतमा उनकै म्युजिक छ ।
महेन्द्र भण्डारीको म्युजिक एरेन्ज, खडक वाजुरालीको साउण्ड मिक्सिङमा तयार गीत मालाश्रीमा रेकर्ड गरिएको हो । यसको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । भिडियोमा रामजी खाँड र अनु पराजुली लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

शान्ता जिसीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीत छोटो समयमै चर्चामा छ । यसअघि गायिका जिसीले सार्वजनिक गरेका गीतहरु ‘जापानिज साडी, वरीलै, बाहिर कुरा नगर लगायतका गीत चर्चित छन् । यो गीतबाट पनि राम्रो प्रतिक्रिया पाएको उनको भनाई छ । बाचा, तिम्रो बचन लगायतका अरु आधा दर्जन गीतमा स्वर भरेकी उनी लामो समयदेखि जापान बस्दै आएकी छन् । उनले हरेक वर्ष तिजका समयमा तिज गीत ल्याउने गरेकी छन् भने अन्य बेलामा समेत फ्याट्टफुट्ट गीत सार्वजनिक गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!