त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोल्डेन गेट नजिकको सममार्गस्थित झाडीमा एक शिशु मृत अवस्थामा भेटिएका छन् । उक्त शिशु जेब्रा झोलामा हालेर फालिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । जेब्रा झोलाभित्र हालेर उक्त शिशु (बालिका) कसले किन फाल्यो भन्ने पुष्टि भइसकेको छैन । उक्त शिशु भर्खरै जन्माएर फालिएको हो मृत भएपछि फालिएको भन्ने टुंगो लागिनसकेको प्रहरीले जनाएको छ । उक्त शिशुको शव पोष्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!