हिपमत डटकम

आइतबार, साउन १७, २०७८ || 603  पटक पढिएको

चर्चित हास्य–व्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘केराको थम्बा’ नामको गीत उनले आफ्नै आधिकारिक युटुब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

गीतमार्फत मनोरञ्जनका साथै सन्देश समेत दिन खोजेको लुइँटेल बताउँछन् ।

प्रतीक श्रेष्ठको छायाङ्कनमा बनेको सो गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै केशव रायमाझी, कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, सङ्गीता यादव, कृष्ण सुवेदी, रुविना गहतराज, भरत पोद्दारलगायतको अभिनय छ ।
गीतको भिडियो केशव रायमाझीले निर्देशन गरेका हुन् ।

लुइँटेलका यस अघीका झापा सुरुंगा, तेरो बाउ थोते, बाँके बर्दिया, ए बाउ किन्देउन भटभटे लगायत दर्जनौं हास्य गीतहरु सर्वाधिक लोकप्रीय भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!